ललितपुर। यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट युट्युबबाट हेर्न नपाइने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यसपटकको एनपीएल भारतीय च्यानल टीभी स्टारबाट प्रसारण हुने भएको छ ।
क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् । क्यानका अनुसार यसपटक भारतीय स्टार टेलिभिजनले खेल प्रसारण गर्ने टुंगो लागिसकेको छ । टेण्डर दाखिल गर्ने बुधबार अन्तिम दिन भए पनि त्यसको एक दिन अगाडिमात्रै क्यानले उक्त अधिकार एक्स्क्लुसिभ नहुने टुंगो गरेको छ ।

यस्तै क्यानले मोबाइल एपबाट भने एनपीएलका सबै खेलहरु हेर्न पाइनेगरी प्रसारण अधिकार बिक्री गर्न लागेको छ । तर त्यस्ता एपका लागि दर्शकले पैसा तिर्नु पर्नेछ ।
यस वर्षको एनपीएल आगामी मंसिर १ गतेदेखि सुरु भएर २७ गते समापन गर्ने तालिका छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया