यसवर्ष ३० करोडको झिलिमिली बत्तीको कारोबार हुने अनुमान

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २
|
1.9k views

ललितपुर - ललितपुर । बत्तिको पर्वको रुपमा मनाइन शुभदिपावली तथा छठ पर्वको अवसरमा विद्युतीय बत्तिहरुको राम्रै कारोबार हुने गर्दछ । पञ्चक लागेसँगै यतिबेला सबैका घर घरमा झिलिमिली बत्ती सजाउन थालिएको छ ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी झिलीमिली बत्तिको व्यापार राम्रै हुने गर्दछ । उक्त अवसरमा यस वर्ष ३० करोड बराबरको झिलिमिली बत्तीको कारोबार हुने अनुमा नगरिएको छ ।

नेपाल विद्युत्तीय व्यवसायी महासंघका अनुसार यसपालीको तिहारमा पनि करिब ३० करोड बराबरको झिलिमिली बत्तीको कारोबार हुने देखिएको छ ।

विगतका वर्षहरुभन्दा यस वर्ष भने बत्तीहरुको व्यापार केही घटेको छ । ‘विगत तीन वर्षअघि जस्तो उत्साह छैन । घर निर्माणहरु कम हुँदै गए । एकपटक किनेको बत्ती पुनः प्रयोग गर्न मिल्ने भएकाले पनि कारोबार केही घट्ने देखिन्छ,’ महासंघका सूचना अधिकारीले बताए ।

 पात्रो/राशिफल  रेडियो YouTube