यसै साता प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाईओभरको उद्घाटन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २
|
204 views

ललितपुर - ललितपुर ।  ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको संरचना निर्माण कार्य पुरा भएको छ । निर्माण कार्य पुरा भएसँगै उक्त फ्लाइओभर यसैसाता औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याइन लागेको हो ।

उक्त फ्लाइओभरको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शुक्रबार अर्थात् असार ६ गते गर्ने कार्यक्रम रहेको छ । उद्घाटन पश्चात् फ्लाईओभरबाटै सवारी साधन सञ्चालन गरिने भएको हो ।

दुईदिन अघि अर्थात् शनिबार शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिए पश्चात् औपचारिक उद्घाटनको मिति तय गरिएको हो ।

 

 पात्रो/राशिफल  रेडियो YouTube