२०८२ फाल्गुन ६ | Feb 18, 2026

यस्ता छन् राष्ट्रिय पोल्टी दिवसको सप्ताहव्यापी कार्यक्रमका गतिविधिहरु

BusinessPati बिजनेस पाटी
|
२०८० पुष २४
|
408 views

ललितपुर २४ पुस २०८०।

भेटेरिनरी अस्पताल तथा पशुु सेवा केन्द्र ललितपुुरद्वारा संचालित ११ औँ राष्ट्रिय पोल्टी दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन सप्ताहव्यापी कार्यक्रम २०८० अन्तर्गत छैटौँ दिन आइतवार ललितपुुरको गोदावरी नगरपालिकास्थित श्री चण्डीदेवी आधारभूत विद्यालय डुकुछापका विद्यार्थीहरुको पोषण सुुधारको लागि ४२० वटा अण्डा वितरण गरिएको छ ।
उक्त अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा। राम प्रकाश प्रधानले दिवसको महत्वबारे प्रकाश पारेका थिए । विद्यालयका प्रधानाध्यापक सीताराम खड्का, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको समेत सहभागिता रहेको कार्यक्रम केन्द्रका अधिकृत कृष्णबहादुुर कार्कीले संचालन गरेका थिए ।
त्यसैगरी गत शुुक्रबार काठमाडौंको बुुढानिलकण्ठ नगरपालिका–३ स्थित बुुढानिलकण्ठ मा।वि।मा विद्यार्थीहरुलाई ८ सय र टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी मा।वि।का विद्यार्थीहरुको पोषण सुुधारको लागि ४ सय ओटा अण्डा वितरण गरिएको थियो । साथै शुक्रबार नै काठमाडौंकै पञ्चकन्या मा।वि। बुढानिलकण्ठका विद्यार्थीहरुलाई ३ सय ओटा अण्डा वितरण गरियो । शुक्रबारै ललितपुर महानगरपालिका–२८, हरिसिद्धिस्थित त्रिशक्ति इट्टा उद्योगमा कार्यरत कामदार तथा कर्मचारीहरुको पोषण सुुधारको लागि ४ सय ओटा अण्डा वितरण गरिएको थियो ।
सो कार्यक्रमअन्तर्गत तेस्रो दिन बिहीबार मानसिक अस्पताल, लगनखेलमा उपचारार्थ बिरामीहरुको पोषण सुधारको लागि २ सय १० ओटा अण्डा वितरण गरिएको थियो । दोस्रो दिन बुधबार भक्तपुर, मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडे मा।वि।मा ३ सय ६० वटा अण्डा वितरण गरिएको थियो । साथै सोही ठाउँमा रहेको श्री द्योमां जगत बृध्दाश्रम बोडेमा पनि अण्डा वितरण गरिएको थियो । यसैगरीे पहिलो दिन मंगलवार नमुना मच्छिन्द्र मा।वि। लगनखेल,ललितपुरका विद्यार्थिहरुलाई ५ सय ओटा अण्डा वितरण गरिएको थियो ।
११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम ९पौष १७–२४० सम्म चलेको राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन कार्यक्रम, २०८० को लागि नेपाल भेटेरिनरी एशोसिएसनले तय गरेको नारा “कुुखुराको अण्डा र मासुको परिकार, स्वास्थ्य जीवनको आधार ।” रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया