२०८२ जेष्ठ ६

ललितपुर । आज साताको तेस्रो दिन अर्थात् मंगलबार सुनको मूल्यमा कुनै फेरबदल देखिएन । नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ । आज सोमबारकै मूल्यमा सुनको कारोरा हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ, जुन सोमबारकै मूल्य हो ।
त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँ कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया