२०८२ श्रावण १९

ललितपुर । सन् २०२५ का लागि कोरियाले नेपालबाट ५ हजार ३०० कामदार लैजाने भएको छ । सोमबार इपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परिक्षा र कोटा निर्धारण गरेर सूचना प्रकाशित गरेको छ । यसका लागि यस वर्षभित्र कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३०० जना कामदारको कोटा निर्धारण गरिएको हो ।
यसमध्ये कृषि क्षेत्रका लागि ३५०० र उद्योग क्षेत्रमा १८०० जना इपीएस भाषा उत्तीण गरेर कोरिया जाने बाटो खुल्नेछ । प्रकाशित सूचनाअनुसार एक व्यक्तिले एक क्षेत्रमा मात्र फर्म भर्न व्यवस्था गरिएको छ ।
परीक्षाका लागि आवेदन दिने समय २०८२ साउन २६ गतेदेखि ३१ गतेसम्मलाई तोकिएको छ भने परीक्षा तालिका अर्को सूचनामा प्रकाशन गरिने इपिएस शाखा ग्वार्कोले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया