२०८२ भाद्र ८ | Aug 24, 2025

यातायात व्यवसायी महासंघले असोज पहिलो सातादेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ८

ललितपुर । बडादशैंको अवसरमा दशैं मनाउन काठमाडौं बाहिर जानेहरुका लागि यस वर्ष आगामी असोजको पहिलो सातादेखि दशैंका लागि लक्षित गरेर सवारीसाधनको अग्रिम टिकट खुल्ने भएको छ ।

काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जानेहरुका लागि टिकल सहज होस भन्ने हिसावले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गरिएको छ । राजधानीमा विभिन्न पेशा, व्यवसाय गरेको व्यक्तिहरु दशैं मान्न गाउँ जानेहरुका लागि सवारीसाधनमा टिकट लिनकै लागि सास्ती नहोस् भन्ने हिसावले र भीडभाड समेत कम होस् भन्ने हिसाबले सरकारले हरेक वर्ष अग्रिम रुपमा टिकट बुकिङ खुलाउँदै आएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बडा दशैं अलि छिट्टै छ । बिजयादशमी असोज १६ गते परेको छ । त्यसलाई दक्षित गरी अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुल्ने राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ । ‘अहिले नै छलफल गरेका छैनौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement