
ललितपुर । जापानी मोटरसाइकल ब्राण्ड यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फमेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदै छ । यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गरेको छ ।
कार्यक्रमकाको आयोजना यही असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरुममा हुनेछ । यस विशेष उत्सवमा “साधारणबाट लिजेन्डरीमा” भन्ने नारासहित ग्राहकहरूले ७ हजारसम्मको नगद छुट र ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । यसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउने कम्पनीले उल्लेख गरेको छ । यस्तै, कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा २५ हजारको न्यूनतम मूल्यांकन, अतिरिक्त १० हजारसम्मको भ्यालुएसन बोनस, निश्चित मोडलमा शून्य ब्याजदरमा ईएमआई, फ्लेक्सिबल फाइनान्स अप्सन, २ वर्ष ट्याक्स–फ्रि, राइड–फ्रि अफर रहेको कम्पनीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया