यी हुन् मन्त्रिपरिषदका २१ निर्णय

काठमाडौं १० असार,२०८१  ।

सरकारले विभिन्न २१ निर्णय गरेको छ । आज बिहान सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले विश्व वैंकले दिने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको पद सिर्जना गर्ने र त्यही सरुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय पनि भएको छ । मन्त्रिपरिषद् बैठकले प्रतिलिपि अधिकारसम्बन्धी तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

m
m1
m2

फेसबुकबाट तपाईको प्रतिक्रिया