युगकवि सिद्धिचरण श्रेष्ठ र परिचय कविता

–स्वयम्भू शाक्य

परिचय शब्द आफैमा चिनापर्र्ची हो । राम्ररी चिनारी गर्ने वा गराउने कार्य नै परिचय हो । तसर्थ स्वच्छन्दतावादी काव्यधारामा प्रवर्तक साहित्यका कुँवेर सिद्धिचरण श्रेष्ठले मन, वचन र कर्मले “परिचय” कवितामा हामी नेपालीहरुलाई वीर योध्दाका रुपमा परिभाषित गरेको पाइन्छ ।

भनिन्छ , वीर योध्दाहरु जसले बलेको आगोमा पानी बनेर निभाउँन सक्छ । जसले कठिन भन्दा कठिन काम नै किन नहोस् ऊ सजिलै फत्ते गर्न सिपालु हुन्छ । त्यसैले होला हामी नेपालीहरु गिरीमा गिरि महागिरिमा चढेर बादल झैं धर्तीमा आँखा ओछाई मानवीय पूँजिको सृजना गर्न खपिस् छ ।
हामीलाई थाहा छ, सत्य अमिलो छ । पानीको मूल्य पानीमा होइन् प्यासको आधारमा मूल्यांकन गर्नु पर्दछ । त्यसैले होला कर्मयोगी योद्धाको मूल्यांकन राष्ट्र प्रेममा देशभक्तीले देखाउँदछन् ।


प्रेम गर्नु हाम्रो धर्म हो । चाहे बैरी नै किन नहोस् । मान्छेको चोलामा नदी झैं संग्लो पानी भएर बगेको बेला विना भेदभाव प्राणी जगतमा दीन दुःखीहरुलाई दया र माया गर्नु हाम्रो धर्म हो । धर्म असीम छ । जहाँ न्याय र अन्यायको संगम भएकोले प्रेम, मृत्यु भन्दा बलियो छ ।
यो कुरो सत्य हो । मातृभूमिको संकट मोचन गर्नका लागि देश र जनतालाई बैरीबाट मुक्ती दिलाउन म र मेरो भन्ने भावनाबाट माथि उठेर माटोलाई माया गर्ने व्यक्तिले पटक पटक मर्नु भन्दा देशको अस्तित्वको रक्षा गर्नका लागि त्याग र बलिदान दिन बैरीहरुको तातो रातो रगत पिउन कालभैरव बनेर कर्तव्य बोध गराउँदछन् । राष्ट्रको कल्याणको लागि खुकुरी आफैंमा डरलाग्दो हतियार बनेर होशियारको संज्ञा दिदैं भाव सुत्रको सन्देश फैलाउँदैछन् । त्यसैले कवि सिद्धिचरण श्रेष्ठ भन्छन्
नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु
तातो रातो रगत रिपुको प्यून हर्दम तयार
मेरो मेरो प्रिय खुकुरी यो हेर भै होशियार ।

शिक्षा र दीक्षा ज्ञानको ज्योति हो । ज्योति लिनु छ, दिनु छ । जाज्वल्यमान सूर्यको रुपमा धारण गरेर जगतभरको रक्षाको लागि न्याय प्रकाश झैं छर्नुमा छ । न आगोले पोल्छ न पानीले भिज्छ । त्यसैले यो चेतनाको सारथी हो । शक्ति र विवेकको हतियार हो, हामीलाई थाहा छ, केराको बोटमा आगो नलागे झैं शिक्षा र दीक्षा मानव जीवनको छाँया हो । हाँसे हाँस्ने रोए रोईदिने ऐना जस्तो साथी हो । ज्ञान र आत्माको शुद्धीकरणका लागि उखु जस्तैं अमृत हो । त्यसैले होला शिक्षा र दीक्षामा प्रज्ञाको वीऊ लुकेर होला आफ्नो मात्र होइन् अर्काको भलाईका लागि पनि अन्तिम साससम्म
मान्छे बाँच्नका लागि चाहिने आवश्यक तत्व हो ।

भनिन्छ, अन्याय गर्नु तर अत्याचार नगर्नु । त्यसैले अत्याचार आफैंमा महापाप हो । उम्लिएको तातो पानी जस्तो तातिएको रातो फलाम जस्तो न्याय अन्यायभित्र प्रेम, माया र स्नेह बिना अत्याचारीहरुको माथ ताकेर सजाय दिन पश्चातापको आगोमा पोल्न मन लाग्छ । दनदनी बलेको आगोको ज्वालासँगै चाहे मृत्यु आई पर्खेर बसेको किन नहोस् अन्याय र अत्याचारहरुका विरुद्धमा कवि आफ्नो कविताद्वारा आगो यसरी ओकल्न् खोज्छन् ।

शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव
दीक्षा यैं हो परहित गरुँ आखिरी श्वाससम्म
ज्वाला दन्कोस् दनदन कहीं मृत्यु आई फुकेको
अत्याचारी यदि छ ता कहीं माथ नैं ताकछु त्यस्को ।

आज किन हो कुनी गगन कालो र निलो छ । व्यथा लागेर होला मन छिया छिया छ । चुहेको पानी जस्तो थोपा थोपामा अनि मडारिएको घनघट्टा फैलाएर डयाङ् डयाङ् डुङ्डुङ् गर्दै मेघ खुशी भएर होला आज प्रलयको बाजा बजाउँदैछ । मानौं े दैत्यहरुको आकारमा क्षितिजसँगै सप्तरंगी इन्द्रेणीलाई चपाई चपाई निलिसकेका छन् । डरलाग्दो, समुन्द्रमा चलिरहेको ज्वारभाट जस्तो बिजुली चम्केर धर्तीलाई आज सताउँन खोज्दैंछन् । रिपुहरुले बाटो छेकेर न यता न उता कता कता गन्तव्यको मार्गलाई अवरोध गर्दैछन् । ठूलो खाण्डलभित्र कहिले निस्कन नसकने गरी बिना संकोच यहाँ बाँचिरहेका आत्माहरुलाई जिउँदै मार्न खोज्दैछन् ।

तसर्थ रिपुहरुको त्यो प्रतिशोधले होला आत्मालाई कुल्चे पनि आत्मालाई मारे पनि आखीर आत्मालाई न त मार्न सक्छ न त मरेर जान्छ । आत्मा अमर छ । अदृश्य छ । असीम छ । समुन्द्र झैं गहिरो छ । आत्मा ईश्वर हो । मान्छे मूर्तिमा होइन् आत्मालाई पुजा गर्नुमा गर्व मान्नु पर्दछ । पिजराको सुगा जस्तैं यो शरीर त केबल मान्छे बाँच्नको लागि आत्माको आवरण मात्र हो । वीर योद्धाहरुको खुकुरीको दाप हो । त्यसैले कवि सिद्धिचरण श्रेष्ठ आफ्नो मनका बह यसरी पोख्न थाल्छन् ।

डयाङ्डयाङ् डुङडुङ गरि प्रलयको मेघ बाजा बजाई
कालो निलो गगनभरको दैत्य आकार ल्याई
रोकुन् बाटो रिपुहरु मिली केही संकोच मान्न
आत्मा मेरो अमर छ बुझयौं अस्त कैले म हुन्न ।

हाड र मासुको यो शरीरको पुञ्जमा काट्नु , मार्नु अनि जिउँदै छाला काटेर रगत पिउनु अन्याय, अत्याचार र देशद्रोहीहरुको चाला हो । त्यसैले दमनको यो आव्रmान्तबाट विद्रोही भई कविले व्रmान्तिको चिराग बालेको बेला गोली लागेर यो नश्व शरीर पट पट फुटेपनि चाहे अङ्ग भङ्ग भए पनि न्यायको खोजीमा जङ्गली कानूनलाई तोडेर आज व्रmान्तिको विगुल फुकदैंछन् ।

मान्छे – मान्छेभित्र मान्छेको मानवता हराएकोले मानवीय शाासन चलाउँन खोज्दैंछ । आखीर आत्मा न हो । कसैले पोल्दैमा, कसैले मार्दैमा न पोल्न सक्छ न मार्न सक्छ । आत्मा अमर छ । ब्रmान्तिकारी जनताको भेलले आँखाका कसिँगरहरुलाई आँसुले पखाली सधाका लागि अन्त्य गर्न खोज्दैंछ ।

बाटो, गन्तव्यको लागि आ–आफ्नो हुन सक्दछन् । दमनको बेला शोषित पीडित जनता आगो झैं भतभती पोल्ने बालुवामा पनि नाङ्गो खुट्टाले हिड्न सक्छन् । न पोल्छ न दुख्ःछ मात्र स्वतन्त्रताको आवाज उठाएर न्याय प्राप्तीका लागि अन्यायीहरुलाई सदा सदाका लागि बिदा दिन चाहन्छन् ।

आज हिसाब किताब गर्न देशद्रोहीहरुको शीर ताकेर देशमा स्वाभिमानीहरुको जनसागर उम्लिन्दैंछन् । मुक्त कण्ठले चिच्याई चिच्याई जनताको धाउँमा मलमपट्टी लगाउँदै यहाँ योद्धाहरुले आव्हान गर्दछन् । त्यसैले भनिन्छ जो आफनो लागि बोल्दछ ऊ स्वतन्त्र हुन्छ । जसले सुगा झैं अर्काको भाषा बोल्छ ऊ सधाका लागि परजीवि भएर बाँच्नु पर्दछ । त्यसैले कवि भन्छन्

गोली लागि पट पट फुटोस् देहको अङ्ग अङ्ग
छाला टाँगी बदन सव होस् मासुको मात्र पुञ्ज
बाटो होओस् भतभत उखै पोलिने बालुवाको
देशद्रोही यदि छ त कहीं माथ नै ताक्छु त्यस्को ।

फोहोर आफैंमा दुर्गन्ध छ । दुर्गन्ध कसैलाई मन पर्ने वस्तु होइन् । यो विकार हो । शरीरमा पैदा गर्ने रोग हो । तैपनि यस्तो दुर्गन्घलाई आत्मसाथ गर्दै गंगा माता आँखा चिम्लेर आफूमै समाहित गर्न बाध्य छ । रवि जस्तैं बिना भेदभाव काखा पाखा नगरी घामको किरण धर्तीमा छर्री आफनो कर्तव्य निभाईरहेका छन् । त्यसैले होला निर्मल निसार त्यो गंगाको पानी आज कालो भएर पनि आफनैं धुनमा खुशीमानी सुविस्ताका साथ चञ्चल भएर आफनैं बाटोमा हिड्न खोज्दैंछन् ।

गंगा समानताको प्रतिक हो । स्वतन्त्रताको उपज हो । न छेकेर छेकिन्छ न रोकेर रोकिन्छ अविरल बग्ने गंगाले आफ्नो मूल्यांकन आफैं गर्दछन् । युगैंदेखि अटल, अमर र अजर भएर एकनाश कसैलाई नपर्खेर समय चक्रसँगै अनुशासित भएर बग्नु नै गंगाको जीवन रहेछ ।

योध्दा युध्द गर्न सिपालु छ । शत्रुलाई कसरी परास्त गर्ने र ताना वाना कसरी बुन्ने भन्नेमा चनाखो छ । कठीन भन्दा कठीन भूमरीको चक्रव्यूहमा पस्ने र निस्किने अनि पौडि खेलेर रिपुको देशमा आफ्नो पौरखी देखाउँन सक्षम छ ।

हामी नेपाली मातृभूमिको रक्षाको लागि, मातृभूमिको आँशु पुछन्का लागि, वैरीबाट माटो जोगाउँनका लागि, देशदोहीको दमनबाट पन्छाउँनका लागि आफनैं देशको माटो तीलक लगाएर आँखाका कसिँङ्गरहरु सजिलै पन्छाउँन सक्दछन् । स्वतन्त्र तथा न्यायपूर्ण जीवन बिताउँनका लागि प्रतिकारको भाषामा रिपुको देशमा धावा बोल्दैं वीर योद्धा आफ्नो देश नेपालको परिचय दिन् खोज्दैछन् ।

कालो गंगा तिमिर बहने पीप या मूत्र विष्टा
घेरोस् चारैतिर तर पनि खुूव मानी सुविस्ता
पौडी खेल्दैं सहज रिपुको देशमा बोल्छु धावा
नेपाली हुँ कठिन भूमरी फोर्नलाई चनाखा

हाँस्नु जीवनको उत्सर्ग हो । चाहे जति सुकै दुःख र पीडा सहेर पनि मान्छेको जीवनमा हाँसी हाँसी जीउँन सक्नु पर्दछ । काल आएर बसे पनि खुशीले हर्षित भएर देशको गीत गाउँन सक्नु पर्दछ । आखीर जीवन न हो । दुई दिनको चोलामा एकचोटी मर्नु छ । छोटो र लामो यात्रामा हिड्दा हिड्दैं बाटो बिराउँनु छ ।

त्यसैले डर छैन । मनमा कलेश छैन । जन्मनु र मर्नु यो प्रकृतिको नियम हो । यो पञ्च तन्त्रको शरीर धुँवा र माटो बनेर मान्छे – मान्छेभित्र हराउँनु छ । केवल आमाको रक्षाको लागि दुध पिएर रगत चढाउनु छ ।

हाँसी हाँसी विपुल दुखको गर्तमा फालहाली
कालै आओस् त पनि खुशीको हर्ष गाना सुनाई
बढ्नेछु के डर मरणको एक बाजी सबैले
मर्ने पर्ने बुझि प्रकृतिको ऐन हो देह फेर्ने

आशा गरौं, हामी नेपालीहरुको जीवन यसरी नै बाँचिरहोस्, कसैसँग भिख नमागी कसैसँग शीर नझुकाई राष्ट्रप्रेमको कथा युगैं युगसम्म सुनाउँन सकोस् । यही छ कामना, यही छ प्रार्थना । अस्तु ।

प्रकासित मिति २०७७–४–२६

फेसबुकबाट तपाईको प्रतिक्रिया