युगकवि सिद्धिचरण श्रेष्ठका अछुत कविता

स्वयम्भू शाक्य

यो भवसागरमा मान्छे किन जन्मिन्छ होला ? मान्छे किन मर्छ होला ? मान्छेले किन दुःख पाउँछ होला ? मान्छेले कसरी सुख पाउँछ होला ? मान्छे किन सन्यासी भएर जाने होला ? मान्छे–मान्छे बीच किन विभेद हुने होला ? अचम्म छ । यो अचम्म भित्र मान्छे किन बाँच्नु पर्ने ? बाँच्नका लागि विभेद किन सहनु पर्ने ? एउटै मान्छे पनि छुत र अछुत भनी किन फरक छुट्याएको होला ? एउटै रगतमा पनि किन कालो र रातो देखिन्छ होला ? आँखाको हेराईले मात्र होइन कुसंस्कारको प्रथा किन जन्म भयो होला ? म बाँच्नका लागि तिमी दास बन्नुपर्छ । म हाँस्नका लागि तिमी जिन्दगीभर रुनु पर्छ । मेरो सुखको लागि तिमीले अपमान सहनुपर्छ । मेरो इच्छाका लागि तिमीले हजारौं पटक मर्नुपर्छ । त्यसैले तिमी मान्छे भएर पनि मान्छे होइनौं । पानी नचल्ने छोई छिटो हाल्नु पर्ने अछुत हौं । अछुत छुन नहुने जात रहेछ । मान्छे–मान्छे बीच नचल्दो रहेछ । छुट्याउनु पर्ने मान्छे रहेछ । समग्रमा जन्मेदेखि मृत्युसम्म कसैको लागि छुट्याईएको मान्छे रहेछ ।
धिक्कार छ यस्तो घिनलाग्दो संस्कार हामीलाई कसले गर्न सिकायो ? धिक्कार छ त्यस्तो प्रथा जसले हामीलाई नर्कमा जाने बाटो रोज्यौं ? हे ईश्वर ! कतै तिमीले त रचेको होइन ? हे ईश्वर ! कतै तिमीले अरुलाई रचाएको होइन् ? होइन भने यो त मानव सभ्यताको कलंक हो । कहिल्यै धुन नसक्ने घृणित कार्य हो । आज ईश्वरले पनि हामीलाई धिक्कार्न खोज्दैछ । पवित्र मन्दिरलाई पनि किन मान्छेले अपवित्र बनाउँन खोज्दैछ ? कसैलाई नछोइकन तिमीले के ल्याउन खोज्दैछौं ? भो फर्काऊ ! मलाई चाहिँदैन तिम्रो पूजा । घृणै घृणाको त्यो अपवित्र अनि मान्छेले मान्छेलाई दमन गरेर, थिचिएर, कुल्चिएर नष्ट पारेर किन पूजा गर्छौ ? रीसले चुर भएर होला आज कालभैरव जस्तो रातो जिब्रोले रगतको प्यास मेटाउन कुसंस्कारलाई संग्राम गर्न खोज्दैछ । अछुत प्रथा बचाउनु पर्छ भन्नेलाई मृत्युपर्यन्त यमराजले तातो तेलमा डुबाएर दण्ड दिएपछि मात्र थाहा पाउने छ । ठीक बेठीक छुट्याउन नसक्ने विवेकहिन मान्छेलाई मन्दिरको ढोका बन्द हुने छ । किनकि मन्दिर त साझा हो । साझा सबैको लागि हुनु पर्ने हो । तिमीलाई मात्र होइन मैले पनि ईश्वरको दर्शन गर्ने हक छ । सामन्ती प्रथाले अरुलाई थुनेर आपूmमात्र भित्र पस्नेहरूले के ईश्वरलाई खुशी पार्न सकिन्छ र ? के ईश्वर खुशी भएर वरदान दिन सकिन्छ र ? असम्भव, सम्भव नभए पनि किन होला मान्छेले मान्छेलाई कुल्चिएर, मान्छेले मान्छेलाई हेपेर, यहाँ किन मान्छेहरूका बीच भेदभाव गर्दैछ ? मान्छेले मान्छेको रगत र मासु रमाई रमाई स्वाद लिएर खाँदैछ ? त्यसैले यो धर्म होइन् । यो त अधर्म हो । मृत्युपछि सिधैं नर्कमा जाने बाटो हो । आखीर कर्म न हो । जसले जे काम गर्छ त्यही नै कर्म हो । कर्म जिउँने बाटो हो । हातमुख जोड्नका लागि एउटा आधार हो । आपूmले जानेका कुरा सन्ततीहरूलाई सिकाई हिँड्ने मार्ग हो । त्यसैले कर्मलाई धर्मको आधार मान्न सकिँदैन । धर्मलाई कर्मले मान्यता दिन सक्दैन । यो त आ–आफ्नो काम हो । कामभित्र सबै मान्छेहरू
अटाउन सक्छ । कामभित्र सबै मान्छेहरू रमाउन सक्छ । ठूलो र सानो जातमा होइन । यो त विभेद हो । समानताको खिलाप हो । अधिकारको उलंघन हो । तिमीले मलाई मैले तिमीलाई ईष्या गरी युद्ध गर्ने बाटो हो ।
आज सिद्धिचरण श्रेष्ठले छुत र अछुतको कुरा गर्दैछन् । ईश्वरले पनि त्यो घिनलाग्दो पूजालाई तिस्कार गरी तिलाञ्जली दिँदैछन् । अरुलाई ढोका थुनेर आपूm मात्र स्वर्ग जाने बाटोमा ईश्वरले पनि भाँजो हाल्दैछन् । किनकि ईश्वर दया र मायाको प्रतिक हो । करुणा र प्रज्ञाको आँखा हो । मोक्षको मार्गमा हिँडाउने आत्मबल हो । सुख र दुःख बुझ्ने परमात्मा हो । एउटै आँखाले हेर्ने समानताको प्रतिक हो । त्यसैले आज ईश्वरलाई न्याय चाहिएको छ । न्यायको ढोका थुनेर अन्यायलाई कहाँ न्याय दिन सकिन्छ र ? मान्छेले मान्छेलाई कुल्चिएर मान्छेले कहाँ मन्दिरमा पूजा गर्न सकिन्छ र ? अरुलाई दुःख दिएर आपूm मात्र कतिंजेन्ल सुख पाउन सकन्छि र ? त्यसैले यो भवसागरमा आपूmले दुःख पाउनु छ भने अरुलाई अलिकता हेँला गरेर हेर । अरुलाई अलिकता यातना दिएर हेर । त्यसपछि के पाउने छौं ? भोलिले तिमीलाई सिकाउने छौं ।
थाहा छैन, मान्छे–मान्छेभित्र यो विभेद किन हुँदोरहेछ ? थाहा छैन, मान्छे–मान्छेभित्र यो छुट र अछुट कसरी हुँदोरहेछ ? दुई दिनको जिन्दगीमा पनि यहाँ मात्र किन पानी चल्ने र नचल्ने हुँदोरहेछ ? कसैको इच्छाले पानी चलाउँन हुने ? कसैको सरापमा पानी चलाउन नहुने ? यो कस्तो नियम ? डरलाग्दो अनि सुन्नैं नसक्ने शोषित पीडितहरूलाई दमन गर्ने नियम ? भनिन्छ छुट र अछुट भन्दा जंगली कानून राम्रो रहेछ । यसमा न छुट छ, न अछुट छ । सबैलाई समान छ । बलियोले निर्दालाई मार्ने मत्स्य न्यायको नियम चल्छ । हिंस्रकले साकाहारीलाई भोजन बनाउँनु यो त दैनिक चल्ने नियम हो । रगत पिएर बाँच्नेहरूले काखा र पाखा नगरी सबैको रगत पिउँनु मांसाहारीको धर्म हो । न जातभातको प्रथा छ न निरंकुश सामन्ती प्रथाको कथा छ । केवल आफ्नो आहाराको लागि एकले अर्कालाई मार्नु ईश्वरले बनाएको धर्म रहेछ । त्यसैले यो छुवाछुटको प्रथा भन्दा धेरै राम्रो छ । मैले तिमीलाई छुन नहुने, तिमीले मलाई छुन नहुने किन होला ? यस्तै यस्तै प्रश्नले आज कविवर सिद्धिचरण श्रेष्ठको मनमा मात्र होइन ईश्वरको मनमा पनि यस्तै यस्तै तर्कनाहरू भेरहेको कुरा युगकविले प्रस्तुत कवितामा खोल्दैछ ।
के ल्यायौ यो आफ्नै भाई बहिनीकन पनि नछुवाई ?
भो फर्काऊ तिम्रो पूजा , यस्तो चाहिन्न मलाई ।
कसरी मेरो पूजा गर्छौ ? गरी घृणा आफ्नैलाई ?
कसरी मेरो मन्दिर पस्छौं थुनेर ढोका अरुलाई ।
ईश्वर रीसाएर होला आज ती विभदे गर्ने पापीहरूलाई मुर्खको संज्ञा दिँदैछन् । जाऊ जाऊ मन्दिरमा न आउनु भनि घृणाले तिस्कार गर्दैछन् । यो मान्छेको रगतले सिचिएको पूजा मलाई चाहिँदैन भनी अस्वीकार गर्दैछन् । जसले आपूmलाई मात्र मान्छे ठानी ईश्वरको पूजा गर्छन् भनी आँखा चिम्लेर बसेका छन् । भनिन्छ, पूजा आस्थाको केन्द्र हो । मन चोखो पारेर ईश्वरलाई चढाउँने सामल हो । त्यसैले ईश्वरलाई पापी मान्छेहरू मन पर्दैन । मान्छे त निर्मल हुन सक्नु पर्दछ । झरनाको पानी जस्तो मीठो हुन सक्नुपर्दछ । न्याय र अन्याय छुट्याउँन सक्ने हुनु पर्दछ । सबैलाई समान दृष्टिले हेर्न सक्नु पर्दछ ।
तब न मान्छे भनिन्छ । नत्र पशु र मान्छेको बीच के फरक भो ? त्यो पापीलाई पशु भन्दा पनि नीच छ भनी मान्छेहरू किन नभन्दो हो ? त्यसैले पापी त्यस्तो हो जसको मन लोभी छ । जसको मन गरिब छ । जसको मन फोहोर छ । जसको मन निर्दयी छ, त्यो पापी हो । विवेकहिन भएर सत्यलाई आगोमा पोलेर खाने गरिन्छ । असत्यको बाटोमा रमाई रमाई हिँडने गरिन्छ । दानव जस्तो मानवको रूप धारण गरी बाँचेको हुन्छ । यो पापीको रूप मान्छेलाई मात्र होइन ईश्वरलाई पनि गन्हाउँदो रहेछ । भो मेरो पाऊ छोएर के गर्नु ? तिमी जस्तो पापीले, तिमी जस्तो विभेदकारीले मलाई छुन खोज्यो भने त्यही अंग अंग जल्न थाल्नेछ । तिम्रो स्पर्शले जहाँ छोयो त्यतै सर्पले डसे भैंm विष पसेर कतै विषाक्त भएर ढले भैंm यो अंग अंग काम नलाग्ने हुन सक्छ । तिम्रो त्यो पवित्र जल कतै पीप र सिंगान जस्तो अपवित्र लाग्न थाल्नेछ । त्यसैले तिमी नआई दिए हुन्थ्यो । तिमीले मलाई नछोई दिए हुन्थ्यो । तिमीले मलाई नहेरी दिए हुन्थ्यो । तिमीले मलाई नपुकारी दिए हुन्थ्यो ।
यो कुरा सत्य हो, मान्छे–मान्छे भएर पनि किन बुझपचाउन खोज्छ ? यो कुरो सत्य हो, मान्छे–मान्छे भएर पनि किन कुसंस्कारलाई राम्रो मान्छ ? त्यसैले यसलाई जरैदेखि फालेर हामीले न्यायप्रमी समाज बनाउँनु छ । त्यो समाजभित्र अछुटको कुरालाई समाप्त पार्नुछ । होला, आज ईश्वर रोएर पापीहरूलाई मन्दिरको ढोका बन्द गर्न खोज्दैछ । बुझेर बुझ पचाउँनेहरूलाई तिम्रो पूजा चाहिँदैन भनी रीस देखाउँदैछ । पवित्र त्यो जललाई फोहोरको संज्ञा दिँदै नानाभाती कुरा गर्नेहरूलाई ईश्वरले पनि धिक्कार्न खोज्दैछ । त्यसैले आज युगकवि सिद्धिचरण श्रेष्ठले युगको कुरा गर्दैछन् । यौटा मान्छे–मान्छे भएर पनि किन मान्छेको कुरा गर्दैछन् ?
जाऊ जाऊ, भित्र नआऊ, हे पापी ! हे मूर्ख, गँवार ।
ल्याएको यो पूजा तिम्रो छैन मलाई स्वीकार
भो, भो मेरो पाऊ नछोऊ जल्दछ मेरो प्रति अंग
पीप सिंगान भन्दा ननिको लयायौं यो जल अपवित्र ।
हे पापी हौं । हे अधर्मी हों । साँचै तिमीले पूजा गर्ने हो भने उसलाई साथ लिएर आऊ । किनकि उसको मन चोखो छ । सँग्लो पानी सबैलाई मन पर्छ । त्यसैले तिमीले उसलाई हात समातेर मन्दिरमा ल्याऊ । तब मात्र मन्दिरको ढोका म खोली दिनेछु । तब मात्र प्रसन्न भई तिम्रो जल र पूजा स्वीकार गर्छु । नअघाउँञ्जेलसम्म जल पिएर, नअघाउँञ्जेलसम्म तिमीले चढाएको फलपूmल र पेडा खाएर आज म रमाउँन चाहन्छु । तिमीले अछुट भनी हेँला गर्ने होइन् । ऊ त मान्छे हो । मान्छे भएर पनि विभेद गर्नु पाप हो । अन्याय हो । युगौं युगदेखि कुल्चिएर, युगौंयुगदेखि हेपिएर, थिचिएर, अपमान गरेर समाजमा गरिएका थिचोमिचोलाई आज समाप्त पर्नु छ । समान अधिकारको विगुल फुक्नु छ । एउटा खुल्ला आकाशमा स्वच्छ हावा लिनु छ । भनिन्छ, कसैको अपमान गर्नु ईष्यालाई जिवित पार्नु हो । त्यसैले ईष्या आपैmंमा राम्रो चीज होइन् । नराम्रो अलोकप्रिय हुनु स्वभाविक हो । कसैको मन नपाए पछि आपूm जतिसुकै ठूलो भए पनि त्यो सानो हो । तुच्छ हो । सीमलको भुवा सरी हलुको छ । आकाश जस्तो मन भए पनि साँगुरो छ । उज्यालोको खोजिमा अध्यारो छ । हामीलाई थाहा छ, खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ । खुकुरीलाई सोधेर के गर्नु ? चोट कति छ भने कुरा अचानोलाई मात्र सोध्नुपर्छ । घाऊ लागेको ठाउँमा दुखाई हुन्छ भने कुरा असत्यले होइन सत्यले मात्र बुझ्न सक्छ । चित्त शुद्ध पारेर, आँखाले जे देख्छ, त्यही बुझेर मन मस्तिष्कसम्म हिजोको कालखण्डमा भएका कुराहरूलाई छोडेर आज समुद्रमा मन पखालेर खुशी भएर मन्दिरमा जानु छ । ईश्वरलाई प्रार्थना गरी अब यस्तो कहिल्यै हुने छैन भनी बाचा गर्नु छ । जीवनमा कहिँकतै भूल गरे क्षमा मागेर हिँड्नु छ ।
साँच्चै पूजा गर्ने हो त ऊ उसलाई अघि लाऊ
युग युगदेखिन् तिमीले जसको अधिकार सबै हथियायौं ।
छुन नहुने भनि पापछिटा ली जसको हृदय अपमान ग¥यौं ।
पाऊ समाई उसकै पहिले मेरो मन्दिरमा ल्याऊ ।
यो कुरो सत्य हो । हामीले बरदान पाउनु छ भने ईश्वरको अगाडि योग्य हुनुपर्छ । किनकि वरदान त्यस्तो चीज हो जो कसैले पाउनसाथ पूर्ण हुन्छ । अन्नपूर्ण जस्तो कहिले नसकिने, कहिले नलुकिने, कहिले नमासिने, कहिले नओईलाउँने जुनसुकैं बेला पनि भरीभराऊ भएर, झकिझकाउ भएर ईश्वरको मायाले जीवन सार्थक बन्नेछ । त्यसैले तिमी योग्य मात्र बन्नु पर्छ । योग्यभित्र दया र माया छ । खुशी र हाँसो छ । न्याय र समानता छ । दीन दुःखीहरूलाई सेवा गर्ने भावना छ । तब ईश्वरले तिमीलाई बोलाई बोलाई वरदान दिनेछ । खुशी भएर तिम्रो योग्यताको कदर गर्नेछ । जूनी जूनीसम्म यो देशलाई काँढा बनेर घोचेका पीडा आज निको भएर दुख्न छोडेको छ । सुख र शान्तिका लागि देशले आज कोल्टो फेरेको छ । सर्पले काँचुली फेरे जस्तै काँडाले पनि नविझने काँडा बनेको छ । त्यसैले मन मिलेपछि, जन्मलाई दोष नदिए पछि, कर्म त के छ र ? जीउनका लागि बाँच्ने आधार मात्र रहेछ ।
अनि नै मेरो वरदान लिई मानिस योग्य तिमी बन्छौं
देश अगाडि बढ्नै नदिने काँडा नबनी सोझिन्छौं ।
मान्छेको जीवन न हो । दुई दिनको घाम छायाँ जस्तो आज घाम छ भोलि छायाँमा बस्नुपर्छ । यो अनित्य संसारमा आज जे देख्यो भोलि त्यो नहुन पनि सक्छ । यो नै संसारको नियम हो । त्यसैले होला यो अछुट प्रथा कतै सामन्तीको एउटा नमूना हो । इतिहासको कालखण्डमा मै खाऊ मै लाऊ भन्नेहरूले चलाएको कुसंस्कार हो । हामीलाई थाहा छ । मान्छे स्वतन्त्र प्राणी हो । ऊ बन्धनमा बस्न रुचाउँदैन । स्वतन्त्रताको खोजीमा युगौंयुगको विभेदको बन्धनलाई तोडेर नयाँ युगको जन्म दिन चाहन्छ ।
किन हो कुन्नी यो जीवन कस्तो कस्तो अनौठो लाग्छ । मान्छे भएर पनि किन मान्छेले मान्छेलाई अछुट सम्झिन्छ ? आश्चर्य छ ! आजसम्म मेरो देशमा के भैरहेको छ ? के हुनुपर्ने थियो ? किन हुन सकेन ? यस्ता प्रश्नै प्रश्नले घोची हामीलाई घायल बनाउँदैछ ? म हिँडिरहेछु । मेरो आँखाले यस्तै यस्तै थिचोमिचोका प्रथाहरू देख्दैछु । कुनै बेला अन्यायी र अत्याचारीहरूलाई कालभैरबले नरमुण्ड माला लगाई पात्रमा रगत पिएको देख्न चाहन्छु । थाहा छैन, हेर्दा हेर्दै हेर्न नसकेर मैले पछाडि मात्र के फर्केरे हेरेकोे थिएँ । थुप्रै दुःख, कष्ट अनि मानसीक यातनाले अछुट भनेर मरेको पाएँ । कति अपमानको आगोले भष्म भएको पाएँ । कति शोषण र दमनले माटो बने । कति जाँतोमुनि पिल्सिएर धुलो बने । त्यसैले त्यो प्रतिशोधको आगो खरानी नहुन्जेलसम्म बलेर कतै मेरो देशलाई पीडा पो हुने हो कि ? कतै मेरो देशलाई समस्या पो हुने हो कि ? अपितु आज यो र त्यो होइन सबै मान्छेहरू मिलेर कुसंस्कारको आगो निभाउनु छ । हाम्रो देशको जयका खातीर हामी सबै एकजूत हुनु छ ।

प्रकासित मिति २०७८–८–२८

फेसबुकबाट तपाईको प्रतिक्रिया