युगकवि सिद्धिचरण श्रेष्ठ र ओखलढुंगा

– स्वयम्भू शाक्य

नेपाली साहित्य जगत्मा युगकवि सिद्धिचरण श्रेष्ठ मूलतः विदोही र क्रान्तिकारी कविको रूपमा चिनिन्छन् । अन्धकारको युगमा उज्यालो खोजेको बेला युगको आवाज र मागलाई सम्बोधन गरि कविताको माध्यमद्वारा क्रान्ति र हाडताल शब्दको पहिलो शंखनाद गर्ने युगकवि सिद्धिचरण श्रेष्ठ युगका संवाहक हुन् । तत्कालिन समय र परिस्थितिले थुप्रै कविहरू नजन्माएको होइन् तर युगकवि सिद्धिचरण श्रेष्ठ अन्धकारलाई चिर्दै यौटा नयाँ युगको सुत्रपाट गर्नमा उहाँको भूमिका अग्रपंक्तिमा आउने भएकोले उहाँलाई युगपुरुष, युगनिर्माता र युगनेताको रूपमा लिन सकिन्छ ।
जन चेतना र जागरणको गीत गाउने यथार्थ तथा प्रगतिवादी युगकवि सिद्धिचरण श्रेष्ठले नेपाली साहित्य क्षेत्रमा स्वच्छन्दतावादी कविताधाराको उद्गम गरेपश्चात प्रकृति र जीवन, राष्ट्र र मानवताका थुप्रै कविताहरूको जन्म दिएका छन् । हिमाल, पाखा–पर्वत, खोला–नाला र हरियाली ओखलढुंगामा मात्र होइन नेपालको जुनसुकै ठाउँमा पनि पाइन्छ । तर युगकवि सिद्धिचरण श्रेष्ठले मेरो प्यारो ओखलढुङ्गा भनि आपूm जन्मेको थलो जन्मभूमिको सम्झनामा प्रस्तुत कविता वि.सं. १९९२ सालमा रचना गरि शारदा पत्रिकामासमेत प्रकाशित भएको पाइन्छ ।

ओखलढुङ्गा, सिद्धिचरण श्रेष्ठको पर्यायवाची नाम हो । सफल प्रकृति चित्रण र राष्ट्रप्रेमप्रति अगाध मायाले भरिएको प्रस्तुत कवितामा प्रकृति र मानव एक अर्काका पुरकका रूपमा उजागर गरिएकोले बहुचर्चित प्रकृतिप्रेमी कविको रूपमा सिद्धिचरण श्रेष्ठले सिद्धित्व प्राप्त गरेको देखिन्छ । ओखलढुंगा स्वच्छन्दवादी कविता हो । कालजयी सिर्जनाको रूपमा रहेको यो कविता, कविता भन्दा पनि गीतको रूपमा अझ लोकप्रिय बन्यो । आफ्नो जन्मथलोलाई भूलेर पनि भूल्न सकिँदैन भन्ने सन्देश दिइएको प्रस्तुत कवितामा बाल्यकालको सम्झना गर्दै मात्रा छन्दमा राष्ट्र, राष्ट्रियता र मातृभूमिको श्रद्धा र स्नेहपूर्ण भक्तिभाव ब्यक्त गरिएका छन् ।

हरियाली वसन्तको प्रतीक हो । त्यही सुन्दर हरियालीमा वन–पाखा, खोला र नालाहरूमा मात्र होइन् त्यो विशाल पर्वतमा हाँसी खेली बनकुञ्ज घुमेर थकाई लागेको बेला आमाको त्यो शीतल बक्षस्थलले कति माया र ममता गर्दो रहेछ । कसैको आँखा नपरोस् भन्ने हेतुले कति आँखाहरू बाटामा बिछ्याई रहेका हुन्छन् । आखिर शैशबकाल न हो । जीवन कति संघर्षमय छ भन्ने कुरो बालकलाई के थाहा ? खानु, लाउनु र घुम्नु नै जीवनको परिभाषाभित्र परेको त्यो बाल्यकालमा मेरो मन र मस्तिष्क मात्र होइन मेरो प्राणको उद्गम स्थल पनि हो । त्यसैले मलाई किन हो कुन्नी मेरो ओखलढुंगा असाध्यै प्यारो लाग्छ । जहाँ जुनसुकै ठाउँमा गए पनि मेरो मनले मेरै जन्मभूमिको माटो खोज्छ । हावापानी मीठो भएर होला सधैं पिउँ पिउँ लाग्छ । ती सुन्दर हरियालीमा साथी–संगिनीहरूसंग हाँसी–हाँसी खेलेको सम्झना आउँछ ।
म हिजोको कुरो सम्झेर बसिरहेको छु । थाहा छैन, आज किन हो कुन्नी मेरो मन बसमा छैन । छिन भरमैं ओखलढुङ्गामा पुगेर फर्किन्छन् । छिन भरमैं कल्पनाका तरङ्गहरूसंगै भावको ढुङ्गा चढेर प्रिय गंगामा सयल गर्न खोज्छन् । भावना, आस्था, श्रद्धा र चेष्टाले पवित्र गंगा वारपार गर्नका निम्ति नाउ खियाएर यो मनले खोजेको ठाउँमा बहलाउन खोज्दैछन् । निद्रामा सपना देखेर होला आज गगनबाट सुशीतल जलमा सुषमा खोज्दैछन् । त्यसैले होला यो सुखमय् स्मृति भित्र तिरमिरे तारा उडाए जस्तो विस्तारै अलि अलि उज्यालो हुँदैछन् । सिमसिम पानी परे जस्तैं रिमझिम रिमझिम स्मृतिको वर्षा हुँदैछन् ।

 तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो बन कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा ।
जब म चढेर भावको ढुङ्गा
सयर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशीतल जल
सुख स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा ।

कुसुमाकर आपैmमा सत्य छ । त्यो सत्यभित्र कहिल्यै पनि नास नहुने वसन्त ऋतुको आगमनले बागभित्र थुप्रै रङ्गी बिरङ्गी पूmलहरू फुलेर प्रकृतिले राज चलाई रहेका छन् । देवतालाई एक अँजुली कुमुमाजञ्ली चढाएर यो धरतीलाई स्वर्ग जस्तै तुलाईरहेका छन् । त्यसैले होला मन खुशी भएर नाचेको बेला कुसुमाकरको आँचल पक्रेर आँखाले देख्न नसक्ने पूmलबारीमा प्रकृतिले युगकवि सिद्धिचरण श्रेष्ठलाई बोलाई बोलाई डुलाउन खोज्दैछन् । किनहोला, मान्छेलाई प्रकृतिले बोलाई रहेछन् । किनहोला, मान्छेलाई प्रकृतिले साथ खोज्दैछन् । यही त अनौठो छ । यो अनौठोभित्र प्रकृति र मानवको विशेष सम्बन्ध छ । युगौं–युगदेखि यो भवसागरको अन्त्य नहुञ्जेलसम्म अटुटरूपमा एक आपसमा परिपूरक रहने छ ।
हामीलाई थाहा छ, शैशबकाल मान्छेहरूको मात्र होइन् यो धरतीमा जन्मेका हरेक प्राणीहरूको पनि हुने गरिन्छ । तसर्थ वन–जङ्गलमा उफ्री उफ्री हिड्ने मृग शावकहरूको पनि आफ्नै माया र ममतामा बाँचिरहेको हुन्छ । आफ्नै पीडा र कष्टमा अल्झिरहेको हुन्छ । आखीर जीवन न हो । यौटा जूनी जिउनका लागि प्रकृतिसंगै रमाइ रहेको हुन्छ । तरुलतिकाहरू पवनसंगै हल्ली हल्ली कुसुमाकरको शोभा बढाउन कुसुमकलिकाहरू पनि खुशीले नाच्न थाल्छ ।

यो कुरो सत्य हो, जो परिश्रमी हुन्छ उसले अर्काको कुरो भन्दा आफ्नै काममा ध्यान दिइन्छ । जो सुशिल हुन्छ उसले अर्काको चरित्र भन्दा आपूm शीलवान बन्न खोज्छ । त्यसैले यो निष्ठा र नित्यका कुरामा हामीले अविरल परिश्रम गर्ने पतकारलाई सोध्न सकिन्छ । सुकेर भूँईमा नझरुञ्जेलसम्म हरियाली बनेर अर्काको निम्ति किन बाँच्न खोज्छ ? वसन्तले पलाएको रुखका पातहरू शिशिर ऋतुले सुकाएपछि ती सुकेका पातहरू अब मरिसकेका छन् । क्रमशः भूँईमा झरेर आ–आफ्नो चोला माटोमा बिलिन हुन खोज्दैछन् ।
झरना जस्तो चञ्चल भएर यताउता कता कता, जहाँ होचो छ उतैतिर भेल बगेर निर्भmरीहरू टाढा टाढासम्म दूर दृष्टिले अगाडी बढिरहेका छन् । वनजङ्गलमा मात्र होइन, खोला नालामा मात्र होइन, पर्वत र पाखाहरूमा मात्र होइन, हिमगिरिमा मात्र होइन । सबै ठाउँमा आफ्नै स्वभावले गतब्यतिर अगाडी बढ्दै छन् । किनहोला, यो नै प्रकृतिको नियम हो । जहाँ कहिल्यै छलकपट हुन्न । जहाँ कहिल्यै ढिलासुस्ती गरिँदैन । जहाँ कहिल्यै नित्यलाई तोडिंदैन । त्यहाँ दुरगामी नभए अरु के हुन सक्छ र ? त्यसैले किन हो कुन्नी वन–जङ्गलको चारैतिर पथले पथलाई खोजे जस्तो त्यहाँ मान्छेलाई मान्छेले होइन, यौटा प्रकृतिले मान्छेलाई किन खोजिरहेछ ? हामीलाई थाहा छ, परिश्रमी र दूरगामी भएपछि सबैको प्यारो हुनु स्वभाविकै हो । नमरुञ्जेलसम्म मातृभूमिलाई सेवा गर्नु जन्मिनुको मुख्य सार हुनेछ ।
कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति
मृग–शावकहरू उफ्री उफ्री
तरुलतिकाहरू हल्ली हल्ली
मेरो प्यारो ओखलढुङ्गा ।
ती अविरल परिश्रमी पतकर
दुतगामी निर्भर तुल्य चपल
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ ।
मेरो प्यारो ओखलढुङ्गा ।

पालुवा आपैmमा सुन्दर हुन्छ । भर्खरैं पलाउन थालेको त्यो सुकुमार अनि कोमल टुसामा समय र परिस्थितिको आवरणले ढाकि नदिने हो भने भलि कसरी लालित्य भई पक्रिन सकिन्छ । पर्दाभित्रका कुराहरू पर्दा बाहिरका कुराहरू मान्छेले कसरी थाहा पाउन सकिन्छ । ललित शिशुलाई स्नेह र लालन पालन नगर्ने हो भने ऊ कसरी हिड्न सकिन्छ । त्यसैले टुसा पलाउनु पर्छ । मुनाहरू एकजुत भएर भोलिका लागि बाँच्नु पर्छ । किनकि भोलि तिम्रो जीवनमा सुन्दर हुनेछ । सौन्दर्य हुनेछ । रमणीय हुनेछ । कोमलता हुनेछ । माधुरता हुनेछ । लाली हुनेछ ।

आज किन हो कुन्नी सारैं मीठो गीत गाउने कालो कोकिकले प्रकृतिसंग रमाई रमाई मनको बहहरू पोखिरहेका छैनन् । किनहोला, त्यो कालो कोइलीले आज भाका फेरि–फेरि रुखको खोपीमा बसेर बिरहका गीतहरू किन गाइरहेको होला ? थाहा छैन, कतैं बिछोडले मन मरेको त होइन् ? कतै बिरहले मन छिया छिया भएको त होइन ? कतै मन परेको प्रेमीसंग छुट्टिएर रोएको त होइन ? कतैं पीडाले मनमा आगो लागेको त होइन ? किनहोला, आज त्यस्तो मीठो गीत गाउने कोइली चरीले मान्छेले जस्तै आँसु झारी ब्यथाको गीत किन गाएको होला ? धरती तिर हेरी कतैं कोइलीले हामीलाई सन्देश दिन खोजेको त होइन ? किनहोला, कोइलीले हार्दिकतत्वको भावब्यक्त गर्दै मृदुभाषामा कविको बियोगान्त गीत रचेको त होइन ?

बाल्यकालको त्यो ढुङ्गा, खोला, रुख, वन, लतिका अनि चिरमुख हिजो जस्तो थियो आज पनि त्यसै हुन पनि सक्छ , नहुन पनि सक्छ । किनकि समयले काँचुली फेरिसकेको छ । तैपनि मेरो स्मृतिमा आजसम्म कहिल्यै पनि काँचुली फेर्न सकिरहेको छैन । किनहोला यो त हृदयलाई सोध्नु पर्छ । भनिन्छ, हृदय भौतिक शरीरको स्वामी हो । त्यसैले यो हृदयभित्र कोरिएको चित्र न कसैले मेटाउँन सक्छ न आपैmले मेटेर मेटिन सक्छ । यो त आस्थाको केन्द्र विन्दु हो । जहाँ एकचोटी छाप परेपछि मान्छे माटो नहुनञ्जेलसम्म त्यसको अस्तित्व रहरिहन्छ । अनौठो छ, आज किन मेघ गज्रेर छिनछिनमा बिजुली चम्किरहेको छ । कतै चट्याङ्ग पर्ने पो हो कि ? चिन्ता लागिरहेको छ । यो मनभित्र, यो तनभित्र, यो हृदयभित्र, यो मस्तिष्कभित्र आज के भैरहेको छ ? थाहा छैन, यौटा मान्छे मान्छे बन्नका लागि हृदयभित्र प्रेम, माया र स्नेहको जन्म भएको हुनुपर्छ । होइन भने त्यो मान्छे होइन् । किनकि मेरो प्यारो ओखलढुङ्गामा आजसम्म त्यहि ढुङ्गा छ । त्यहि खोला छ । त्यहि रुख छ । त्यहि वन छ । त्यहि लतिकाले थुप्रैं चोला फेरिसकेको छ ।
पर्दावाल सुन्दर पल्लवित
वृक्ष खोपिमा, कालो कोकिल
उनको यो बियोग प्रिय कविको
कति मृदु बिरह गीत रच्दो हो ।
मेरो प्यारो ओखलढुङ्गा ।
त्यो ढुङ्गा, त्यो खोला, त्यो रुख
त्यो वन, त्यो लतिका, त्यो चिरमुख
यो हृदय केन्द्र स्नेह तडित
चम्काइरहेछ आज क्षण–क्षण
मेरो प्यारो ओखलढुङ्गा ।

तामैं–तामाको त्यो तामाकोशी र सुनै–सुनको त्यो सुनकोशीको जीवन कति मीठो छ । न लोभ छ न लाभ छ । न खुशी छ न दुःखी छ । सधैं एकनाशले आफ्नै नित्यकर्ममा लागेर समयसंगै हिडिरहेको छ । हिमशिखरबाट पग्लेर जन्मेका ती नदीहरू विना भेदभाब समान र स्वतन्त्रतामा कसैको डर त्रासले होइन आफ्नै सहमति र सद्भावले सबै नदीहरू एकाकार भएर एकटाको प्रतिकका रूपमा आपूm आपैmमा उर्जा दिइरहेका छन् । जीवन कस्तो हुनुपर्छ भनी हामीलाई सिकाई रहेका छन् । हामीलाई थाहा छ, हिमाल, पर्वत, डाँडा–काँडालाई कोरेर कापै कापबाट बग्ने ती सुन्दर झरनाहरू अनि रोशी खोलालाई सोधेर हेर तिम्रो जीवन कस्तो छ ? सलल बग्ने ती कञ्चन पानी कसैलाई पनि नपर्खी आफ्नै धुनमा बग्ने ती बानीहरू, हर्दम निर्मल अनि पवित्र तिम्रा मनहरू, दूरगामी अनि सकारात्मक तिम्रा बिचारहरू यो छातीभित्र कुडिएका चित्रहरूले होला यो जूनीमा मात्र होइन सयौं जूनीसम्म हर्दम पवित्र भएर रहिरहने छन् । त्यसैले युगकविले आज शैशबकालमा बिताएका कुराहरूलाई सम्झना गर्दै आफ्नो मन ओखलढुङ्गामा पुगेर डुलिरहेका छन् । मनभरि माया र श्रद्धा राखी आज यता–उता कता कता प्रकृतिसंगै आत्मियता गाँसिरहेका छन् ।
मान्छेको भाग्य न हो, आपूmले खोजेको जस्तो नहुँदो रहेछ । जुन कुराको आवश्यकता नै छैन त्यही कुरो किन मलाई दिलाउन खोज्छ ? अनौंठो छ, यो भाग्यभित्र मान्छे किन बाँचिरहेछ ? ईश्वरले किन मान्छेलाई भाग्य कोरेर पठाउँदो रहेछ ? यो त मैले लेखेको भाग्य होइन् । ईश्वरले दिएको भाग्य हो । कर्मभन्दा धेरै ठूलो रहेछ भाग्य । लाग्छ, यो भवसागरमा भाग्य छ, छैन, मलाई थाहा छैन । मैले त यति मात्र बुझेको छु कर्म गरे भाग्य रहने छ । ईश्वरले पनि खुशी भई सहयोग गर्नेछन् । त्यसैले कर्म मेरै अधिनमा छन् । भाग्य ईश्वरलाई सोध्नुपर्छ । दुःखको उत्पति र कारण भाग्य होइन्, कर्म हो । ऋतु अनुसार काम गर्न सकिएन भने, चित्तलाई शुद्ध पार्न सकिएन भने, आफ्नै मिहेनत, क्षमता र अनुकूल वातावरण भएन भने, मान्छेले मान्छेलाई चिन्न सकिएन भने अरु के चाहियो र ? जब आफ्नै मन, वचन र कर्म मात्र होइन शरीर पनि शुद्ध नभए पछि मैले गरेको कर्मले कसरी कमलको पूmल फुल्न सकिन्छ र ? बाटो भरि काँढै काँढा भएको ठाउँबाट हिडेपछि मैले दुःख नपाए अरु कसले दुःख पाउँछ र ? यो अदृश्य भाग्य लहरामा लहरी लहरी समयको गतिसंगै आफ्नै आमा–बाबुसंग पैत्रिक घर काठमाडौंमा आउनु कतै संयोग त होइन ? लाग्छ, ओखलढुङ्गामा जस्तो यहाँ हरियाली छैन । वनजङ्गल अनि स्वच्छ नदी र नालाहरू देख्न पाईदैन । त्यसैले होला यो पुण्यभूमिलाई पनि मरुभूमि जस्तो लागिरहेको छ । आखिर मन न हो मन शुद्ध भएपछि दुःख नहुँदो रहेछ । जो जहाँ जसरी बसेर पनि आफ्नो मातृभूमिलाई हृदयदेखि माया गरेपछि बाँच्नुको अर्थ बेग्लै हुँदो रहेछ ।
तामाकोशी त्यो सुनकोशी
त्यो गिरिफोरी बहने रोशी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हर्दम पवित्र ।
मेरो प्यारो ओखलढुङ्गा ।
भाग्य लहरामा लहरी लहरी
पुगें म यस मरुस्थलमा कसरी ।
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि ।
मेरो प्यारो ओखलढुङ्गा ।

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो ओखलढुङ्गामा भएता पनि कर्मथलो आफ्नै पैतृक घर काठमाडौंको ओम बहालमा भएको हो । सुमति (१९९१) र भीष्म प्रतिज्ञा (१९९३) का सुप्रसिद्ध उपन्यासकार खरिदार विष्णुचरण श्रेष्ठ तत्कालिन ओखलढुङ्गाका माल अड्डाका हाकिम (खरिदार) भएको बेला वि.सं. १९६३ साल जेष्ठ ९ गते युगपुरुष सिद्धिचरण श्रेष्ठको जन्म भएको हो । वि.सं. १९७६ सालमा माता–पिताका साथ आफ्नै घरमा आउनु भएका युगपुरुषको प्रस्तुत कविता मेरो प्यारो ओखलढुङ्गा आफ्नो बाल्यकालको सम्झना स्वरुप रचना गरेको देखिन्छ ।

मान्छे जन्मिन्छ मर्छ तर युगकवि कहिल्यै मर्दैनन् । उनको भौतिक शरीर नभएतापनि इतिहासका पाना पानामा उनी जिवीत भएर बाँचिरहेका छन् । यसको ज्वलन्त उदाहरणको रूपमा मेरो प्यारो ओखलढुङ्गा कवितालाई लिन सकिन्छ । ओखलढुङ्गा मूलतः प्राकृतिक तथा भौगोलिक वर्णन गरिएको कविता हो । बाल्यकालको स्मृतिभित्र रहेका दिनहरूलाई केलाई केलाई वि.सं. १९९२ सालमा प्रस्तुत कविताको जन्म भएको हो । हिजो वन, पाखा, पर्वत र खोलाहरूमा हाँसी हाँसी खेली हुर्केका दिनहरूको स्मरण गर्दै आपूm जन्मेको ठाउँ ओखलढुङ्गा प्रति युगकविको शीर अगाध श्रद्धाले निहुरिएका छन् ।
मलाई हरियाली मन पर्छ । त्यसैले कुसुमाकरको आँचल पक्री हिड्न चाहन्छु । मलाई श्रमजीवीहरू मनपर्छ । त्यसैले पतकरलाई नमन गर्छु । मलाई कोइलीको स्वर मन पर्छ । त्यसैले उसले रचेका गीतहरू सबै सुन्छु । मलाई निर्भmरहरू मन पर्छ । त्यसैले अविरल बग्ने ती निर्भmरहरूमा बसेर नुहाउँने गर्छु । अपितु युगकवि ुिसद्धिचरण श्रेष्ठको मन हरियो थियो र यो संसार नै हरियो देखियो । मन कोमल थियो र यो संसार नै कोमल देखियो । मन पवित्र थियो र यो संसार नै पवित्र ठान्थ्यो । मन सलल बगेको थियो र यो संसारमा मान्छेले मान्छेलाई बल्ल चिन्न थाल्यो । अस्तु ।

प्रकासित मिति २०७९–१२–११

फेसबुकबाट तपाईको प्रतिक्रिया