युनियन लाईफको बीमा शुल्क आर्जन ४ अर्ब माथि

काठमाडौं ३२ साउन, २०७७।
गत आर्थिक वर्षसम्म युनियन लाईफ इन्स्योरेन्सले ४ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७५ र ०७६ मा ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम २ अर्ब ९४ करोडबाट वृद्धि भएर आर्थिक वर्ष ७६र७७ मा ४ अर्ब ५० करोड पुगेको छ ।

कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख पुगेको छ । त्यस्तै जीवन बीमा कोष २ अर्ब १४ करोड बाट वृद्धि भएर ४ अर्ब २८ करोड पुगेको छ। खुद मुनाफा ६ करोड ८९ लाखबाट वृद्धि भएर ९ करोड ७० लाख पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया