युवाको उत्थान, विकास र शक्तिकरणबाट मात्रै देश अगाडि बढ्छ – प्रधानमन्त्री ओली

काठमाडौँ ९भदौ २०८१-प्रधानमन्त्री केपी शर्मा ओलीले युवा उत्थान, युवा विकास, युवा शक्तिकरणबाट मात्रै देश अगाडि बढाउन सकिने बताउनुभएको छ ।युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु(याउने उद्देश्यले राजधानीमा आयोजित ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ मा उहाँले भन्नुभयो ‘‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा शक्तिकरणमा रहेको छ, त्यसबाट मात्रै देश अगाडि बढाउन सकिन्छ, सरकारका अहिलेका सबै प्रयास त्यसका लागि हो ।’’फोनेक्श कलेज अफ म्यानेजमेन्ट युनिभर्सल कलेजद्वारा आयोजित काठमाडौँ युथ कन्क्लेभमा उहाँले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने भन्दै युवा नै देशका सम्पूर्ण शक्ति भएको प्रष्ट पार्नुभयो ।

कन्क्लेभमा नृत्यको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै सुशान्त खत्रीलाई एक लाख रुपियाँको ‘युथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ ।युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले उत्कृष्ट कार्य गर्न सफल भएको अपेक्षा रहेको कन्क्लेभका संयोजक राजु टण्डनले बताउनुभयो ।कार्यक्रममा फोनेक्स कलेजका प्रिन्सिपल प्रा। डा। पत्तबहादुर केसी, फोनेक्स कलेजका अध्यक्ष भरत गिरी, युनिभर्सल कलेजका प्रिन्सिपल डा। शिवदत्त ज्ञवाली, नेपाली चलचित्रका महानायक राजेश हमाललगायतले युवाको जिम्मेवारी, भविष्य र भूमिकाका विषयमा आफ्ना भनाई राख्नुभएको थियो ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा शनिबार भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको शीर्ष प्रायोजनमा पाँच हजार बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।कन्क्लेभले युवालाई उद्यमशीलता, नेतृत्व विकास, नेपालमा अवसर सिर्जना गर्ने, बौद्धिक पलायन रोक्ने र केही हदसम्म प्राज्ञिक विकासमा सहयोग पुगेको कन्क्लेभका संयोजक टण्डनले जानकारी दिनुभयो ।विद्यार्थीहरूलाई सही करियरको बाटो खोज्न मद्दत गर्ने, आशाजनक स्टार्टअप उद्यमहरूलाई प्रवद्र्धन गर्ने, सामाजिक संलग्नता र पहुँचलाई प्रोत्साहन गर्ने, परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तनहरू ल्याउने, सेलिब्रेटीहरू र सरोकारवालाहरूलाई फराकिलो युवा स्रोताहरूसँग जोडिएको थियो ।
कलेजद्वारा आयोजित कार्यक्रम सबैभन्दा ठूलो नेतृत्व मञ्चभएको दाबी गर्दै आयोजक पक्षले विद्यार्थीलाई सही दिशानिर्देश गर्न, सामाजिक संलग्नतामा उत्प्रेरित गर्न र परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउन कन्क्लेभ सहयोगी बनेको संयोजक टण्डनले बताउनुभयो ।
युवा विद्यार्थीहरूलाई उत्प्रेरित र प्रेरित गर्ने कार्यक्रम केवाइसी कन्क्लेभमा काठमाडौँ उपत्यकासहित देशका मुख्य शहरबाट पनि विद्यार्थीले सहभागिता जनाएका थिए । परम्परागत शिक्षण विधिमा आवश्यक परिवर्तन ल्याउँदै नयाँ विधिको प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो । यस्तै युवा विद्याथीहरुलाई पढाइका साथै उद्यमशीलता र व्यवसायिक विकासमा सघाउने तथा विभिन्न सेलिब्रेटी र अन्य विशिष्ट व्यक्तिको ज्ञान र अनुभवलाई युवावर्गसँग जोडिएको थियो ।

कार्यक्रममा गीत, संगीत, हास्यव्यङ्ग्यसहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना सफलताका कथा, ऊर्जा र उत्प्रेरणाका विचारहरू प्रस्तुत गरिएको थियो ।कार्यक्रमबाट सरकारलाई युवा विद्यार्थीका माग र सरोकारका विषयमा गम्भीर बन्न आग्रह गरिएको कार्यक्रम संयोजक टण्डनले बताउनुभयो । विद्यार्थीलाई देशप्रेमी बनाउन मद्दत गर्ने विश्वास लिइएको सम्मेलनबाट युवामा विदेश मोह बढ्दै गइरहेका बेला स्वदेशमै प्रशस्तै सम्भावाना छन् भनेर उत्प्रेरणा थप्ने काम गरिएको आयोजकको दाबी छ ।कार्यक्रममा अभिनेता राजेश हमाल, टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी, कथाकार साइग्रेस पोखरेल, डिजिटल सामग्री निर्माता पराक्रम राणा, ¥यापर समीर घिसिङ, डान्सर, अभिनेता र कोरियोग्राफर सुशान्त खत्री, गायिका र गीतकार प्रजिना लामिछाने, मोडल तथा युट्युबर रियाशा दाहाल, हास्य कलाकार सुमन कोइराला, गायक र गीतकार स्वप्निल शर्मालगायतको प्रस्तुति रहेको थियो ।वि.स. २०७६ सालदेखि शुरु गरिएको कार्यक्रमको यो पाँचौं संस्करण हो । प्रत्येक वर्ष निरन्तरता दिइने आयोजकको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया