युवाको जागरण !

लेखक: भुपेन्द्र थापा(माधव)

गर्व छ मलाई अरुको अपराधको साक्षी हुन नपर्दा !
खुसी छ मलाई अरुको बैसाखीमा उभिन नपर्दा !
प्रफुल्ल छ यो मन कसैको भजनकृतन गाउन नपर्दा !
अानन्द छ मलाई अरुको जुठोले एकछाक टार्न नपर्दा !

झुट,कपट र घृणाको भारी बोक्न नपरोस् !
लोभ मोह र ईर्ष्याको दुर्गन्धमा डुब्न नपरोस् !
भोका नाङ्गाको गांस खोसेर भोजन गर्न नपरोस् !
गरिब दुःखी र असायको सपना बेच्न नपरोस् !

विकृति र बेथितिको जालो तोड्दै जाउँ !
दलाली र सामन्तीको पर्खाल फोर्दै जाउँ !
दुनियाँलाई रुवाउनेको किल्ला तोड्दै जाउँ !
असल अनि सक्षम फुलको माला गास्दै जाउँ !

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै | Nagarik News - Nepal  Republic Media

भष्ट्रचारको डङ्गुर फ्याक्न युवा जुट्नु पर्छ !
अन्याय र अत्याचारको जरै काट्नु पर्छ !
बिहानीको मिरमिरेमा घण्टी बज्नु पर्छ !
जागरणको किरणसंगै युवा उठ्नु पर्छ !

फेसबुकबाट तपाईको प्रतिक्रिया