२०८२ भाद्र ६ | Aug 22, 2025

युवासंघको अगुवाइमा एमालेको मोटरसाइकल र्‍याली 

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १८

 

काठमडौं । राजावादीहरुको संविधान विरोधी गतिविधि विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । युवासंघको अगुवाइमा देशभर नेकपा एमालेले राजावादीका विरुद्धमा नारा लगाउँदै र्‍याली निकालेको हो ।

शुक्रबार राजावादीहरुको अराजक गतिविधि बढ्दै गएका कारण यसको विरुद्ध जनतामा जनचेतना जगाउन एमालेको भातृसंस्था युवा संघको अगुवाईमा एमालेले मोटरसाइकल र्‍याली निकालेको हो ।

र्‍यालीको शुभारम्भ एमाले महासचिव शंकर पोखरेले गरेका छन् । पोखरेलले राजावादीहरुको पछिल्ला गतिविधिहरु संविधान र व्यवस्थाविरोधी भएकाले यस विरुद्ध देशभर जागरणसभा र मोटरसाइकल र्‍याली आयोजना गरेको जानकारी गराए ।

एमाले महासचिव शंकर पोखरेलले विभिन्न नारासहित कार्यक्रमको शुभारम्भ गरेका थिए । र्‍यालीको नारा गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हत्या, हिंसा बन्द गर, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैन भन्ने थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया