२०८२ भाद्र ६ | Aug 22, 2025

यो साताको शेयर कारोबार, बजार घटे पनि कारोबार उल्लेख्य

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १९

काठमाडौं । साताको अन्तिम दिन शुक्रबारसम्मको शेयर कारोबारलाई हेर्ने हो भने यो साता सेयर बजार १.३१ प्रतिशत घटेको छ । गत साता २६५८ अंकमा रहेको बजार यो साता ३५ अंक घटेर २६२३ मा झरेको हो ।

आइतबारदेखि विहीबारसम्म मात्र कारोबार हुने शेयर बजार यो साता विहीबार पनि मजदुर दिवसका कारण सार्वजनिक बिदा परेकोले जम्मा ४ दिन मात्र कारोबार भयो ।  चार दिनमध्येमा पनि तीन दिन बजार घट्यो । पहिलो दिन आइतबार ३.५८ अंक बढेको बजार सोमबार १४.५३, मंगलबार १५।०८ र बुधबार ८.१४ अंक घट्यो ।

यो साता बजार केही घटे पनि कारोबार रकम भने उल्लेख्य छ । आइतबार १० अर्ब ८७ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ९१ करोड, मंगलबार ७ अर्ब ५७ करोड र बुधबार ९ अर्ब ३७ करोडको भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया