रञ्जु दर्शना आमा बन्दै, सामाजिक सञ्जालमा लेखेकी छन् – माया, शक्ति र सानो चमत्कार

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १०
|
1.1k views

ललितपुर - ललितपुर । २१ वर्षको उमेरमा काठमाडौँ महानगरपालिकाको उम्मेदवार बनेर चर्चामा आएकी हाल रास्वपा कि  समानुपातिक उम्मेदवारकी आकांक्षी रञ्जु दर्शना आमा बन्दै छिन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छन् -माया, शक्ति र सानो चमत्कार। 

हाम्रो जीवनमा एक सानो मानवले अब छिट्टै प्रवेश गर्न लागेको छ। यो खबर तपाईहरू माझ बाँड्दा हाम्रो खुशी झनै दोब्बर भएको छ। यो यात्रा मेरो लागि सहज थिएन, छैन पनि। वर्षौँ देखि कैयौँ आमाहरूका लागि लड्दै आएकी म आज स्वयम यस यात्रामा हुँदा आमाहरू प्रति झनै बढी नतमस्तक छु। 

अझै कैंयौं लडाइँ बाँकी छन्, यात्रा जारी छ‘।

 पात्रो/राशिफल  रेडियो YouTube