२०८२ जेष्ठ ८

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा आज पनि ’हेर्दाहेर्दै’ परेको छ ।
रविको तर्फबाट १० जना वकिलले बहस गरेपछि आजको बहस टुंगिएको छ । छविका वकिल र सरकारी पक्षको बहस हुन बाँकी छ । लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा उनीतर्फका अधिवक्ताहरूको बहस सकिएको हो ।
मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार भने संवैधानिक इजलासमा न्यायाधीश बस्नुपर्ने भएपछि सुनुवाइ हुन सकेको थिएन् । लामिछानेतर्फका वकिलको बहस सकिएपछि पूर्वडीआईजी जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया