२०८२ भाद्र ७ | Aug 23, 2025

रवि र छवि दुबैको मुद्दाको सुनुवाइ सकियो, सम्भवत आदेश आजै आउने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ९

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशी दुवै जनाको मुद्दामाथिको सुनुवाइ सकिएको छ ।

शुक्रबार जाहेरवाला र प्रतिवादी दुवै तर्फको बहस सकिएको छ । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए । त्यसपछि जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।

दुवै पक्षको सुनुवाइ आजै सकिएकाले आदेश लेखनको कार्य सुरु हुँदैछ । सम्भवत आदेश आजै आउनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया