|
|
२०८२ श्रावण २२
1.5k views
ललितपुर - भैरहवा । राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । उनी हाल सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पूर्पक्षका लागि थुनामा छन् ।
गृहमन्त्री तथा उपप्रधानमन्त्री समेत भएका लामिछानेले अहिले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका हुन्।
लामिछानेले “बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । उनको निवेदन उपर अझै बहस भने सुरु भएको छैन। उनको निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस हुनेछ । त्यसपछि इजलासले आदेश गर्नेछ ।
उनको निवेदन साउन १९ गते अदालतमा दर्ता भएको थियो ।

बिजनेस पाटी