२०८२ भाद्र ६ | Aug 22, 2025

रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार दिने निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २८

ललितपुर । म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल भएका बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु. पाँच लाख प्रदान गरिने निर्णय भएको छ । आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै उनी बान्टमेन्ट बन्न सफल भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार ढाँटलाई उक्त रकम प्रदान गरिने जानकारी आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकबाट दिएका हुन् । 

यस्तै प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई पनि रु. दुई लाख प्रदान गरिने निर्णय भएको जानकारी पनि गराएका छन् ।

गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए । 

फेसबुकबाट तपाईको प्रतिक्रिया