२०८२ फाल्गुन ६ | Feb 18, 2026

रसुवाको बाढीमा बेपत्ता हुनेहरुमध्ये १२ नेपाली र ६ चिनियाँ (सूचीसहित)

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४
|
459 views

ललितपुर । गएराति चीनतर्फबाट एकाएक आएको बाढीका कारण नेपाल चीन नाका रसुवामा बेपत्ता भएका १८ जनाको खोजी कार्य तीब्र पारिएको छ । पछिल्लो जानकारी अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरिसकेको छ ।
प्रहरीका अनुसार, बाढीमा परी बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।
यसैगरी बेपत्ता भएका अन्य नेपाली नागरिकहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।
यस्तै बेपत्ता १८ जनामध्ये ६ जना चिनियाँ नागरिक भएको पुष्टि भएको छ । सशस्त्र प्रहरीले उपलब्ध गराएको सूची अनुसार बेपत्ता हुने चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन् ।
सोमबार राति एकाएक आएको बाढीले नेपाल–चीन मितेरी पुल समेत बगाएको छ भने सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी बगेको छ ।
सुरक्षाकर्मीको उद्धार टोलीले यतिबेला प्रभावित स्थानमा बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया