२०८२ भाद्र ६ | Aug 22, 2025

रसुवामा आएको बाढीले २ सय मेगावाट विद्युत उत्पादन बन्द

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४

ललितपुर । सोमबार रातिको अविरल वर्षा पश्चात् त्रिशुली   नदीमा आएको बाढीका कारण २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार रातिको बाढीले जलविद्युत आयोजनामा क्षति पुर्याउँदा २ सय मेगावाट विद्युत पूर्णरुपमा बन्द भएको हो ।

नेपाल–चीन सीमानामा आएको भारी वर्षासँगै त्रिशुली नदीमा पानीको बहाव बढ्दा रसुवागढी जलविद्युत् आयोजनामा बाँधको एउटा गेट समेत बगाएको छ । बाढीका कारण एकातिर आयोजनाको टेलरेसमा गेगर थुप्रिएको छ भने अर्कोतिर १११ मेगावाट क्षमताको रसुवागढी जलविदुत आयोजनाको पुलमा समेत क्षति पुगेको छ ।

यस्तै, ६० मेगावाट क्षमताको त्रिशुली ३ ए आयोजना र ३ बी सबस्टेशनमा समेत बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द भएको छ । तर अहिले क्षतिको विवरण भने आइनसकेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी सोमबार राति आएको बाढीका विभिन्न स्थानका पावरहाउस र सबस्टेनशहरुमा क्षति पुर्याउँदा कुल २ सय मेगावाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया