२०८२ भाद्र ६ | Aug 22, 2025

रसुवामा बाढीको वितण्डा : बाढीले बगाउँदा कतै दायाँ खुट्टा भेटिए त कतै बायाँ

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४

ललितपुर । सोमबार राति एकाएक आएको बाढीमा बेपत्ता हुनेहरुको शव खोजी कार्य जारी छ । रसुवाको बाढी पश्चात् तीन छुट्टाछुट्टै जिल्लाबाट प्रहरीले शव र शरीरका खुट्टा फेला परेका छन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ भन्सार यार्डमा बाढीले बगाउँदा १८ जना बेपत्ता भएका थिए। बेपत्ताहरूको खोजी कार्य अझै जारी छ । अहिले रसुवा, नुवाकोट र धादिङ गरी छुट्टछुट्टै स्थानबाट प्रहरीले शव फेला परेको छ । विभिन्न ठाउँमा ‘शव र खुट्टा फेला परेका छन्। त्यही बाढीमा परेका हुन् वा होइनन् भन्ने सनाखत भने भइनसकेको उद्दारमा खटिएका प्रहरीको टोलीले बताएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका–५ स्थित खोला किनारमा पुरूषको दाहिने खुट्टा फेला परेको छ। खुट्टा फेला परे पनि शरीरका अन्य भाग फेला पर्न सकेको छैन।
यता जिल्ला प्रहरी कार्यालय नुवाकोटले एउटा खुट्टा र एउटा खुट्टा नभएको शव फेला परेको जानकारी दिएको छ भने विदुर नगरपालिकाको वडा नम्बर ३ मा एउटा खुट्टा नभएको शव फेला परेको छ । विदुरकै वडा नम्बर ४ मा भने एउटा खुट्टा मात्रै फेला परेको हो।

त्यसैगरी धादिङमा भने तीन वटा सग्लो शव र दुई वटा खुट्टा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
यस्तै गल्छी गाउँपालिका–२ केउरेनीस्थित खोला किनारमा एउटा पुरूषको शव, वडा नम्बर ६ बेल्खुमा अर्को सग्लो शव फेला पारेको छ भने गजुरी–२ मलेखुमा दाहिने खुट्टा फेला परेको हो।

यता धादिङको बेनिघाट रोराङ–७ चरौडीमा सग्लो शव फेला परेको र सोही पालिकाको वडा नम्बर ३ लामबगरमा त्रिशूली नदी किनारमा एउटा खुट्टा उद्धारमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएको छ ।
ती बसै शव र भेटिएका खुट्टाको पोष्टमर्टमको लागि टिचिङ अस्पताल पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया