राइड सेयरियङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०
|
459 views

ललितपुर - ललितपुर । गण्डकी प्रदेश सरकारले राइड सेयरियङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीसहित सरोकारवाला मन्त्रीहरू सहभागी बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्रका बारेमा छलफल गर्दै राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन ले मंगलबार गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न भन्दै पत्र पठाएको थियो ।

प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेपछि यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका छन् । आन्दोलन स्थगित गर्ने वा के गर्ने भन्नेबारे आवश्यक निर्णय गर्न बैठक बसेको हो । गण्डकी प्रदेशले गत बैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेको थियो । त्यसको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि नै सार्वजनिक यातायात ठप्प पारेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube