राजधनीमा चेम्बर अफ कमर्शको “वित्तीय साक्षरता तालिम कार्यक्रम“

बिजनेसपाटी ९ मंसिर ।

नेपाल महिला चेम्बरले राजधनीमा आज “वित्तीय साक्षरता तालिम कार्यक्रम“ को आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले महिलाहरुको वित्तीय ज्ञान र त्यसको सहि सदुपयोग हुन सकेमा देश समृद्दीको बाटोमा अघि बढ्ने कुरा बताउनुभयो । महिलाको वित्तीय चेतना, जागरण र साक्षरता देशको समृद्दिको मूल आधार भएको कुरा उहाँले उल्लेख गर्नुभयो । महिलाहरु अब बास्तबिक रुपमा उद्दमी र पौरखी बनेर सीपलाई व्यवसायमा परिणत गर्न सक्षम हुने आशा व्यक्त गर्दै उहाँले अब महिलाहरुले आफुलाई आर्थिक नागरिकको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरुको व्यवसाय प्रबर्दनको लागि बैंकिंग कारोबार र ऋण प्रदान गर्ने कुरामा महिलाहरुलाई बिशेष सहुलियत दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । महिलाहरुलाई बैंकिंग प्रणालीमा सहज पहुँच दिदै उनीहरुलाई यसमा अभ्यस्त बनाउनुपर्ने कुरा पनि उहाँले उल्लेख गर्नुभयो । व्यवस्थापनमा महिलाहरुको संख्या उल्लेख्य भएपनि महिला उद्दमीको संख्या कम रहेको भन्दै उक्त संख्या बढाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

कार्य्रक्रमका अध्यक्ष तथा नेपाल महिला चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यले महिला व्यवसायीहरुमा ढुक्क साथ व्यवसाय संचालन गर्नलाई अनुकुल वातावरण तयार पार्न वित्तीय साक्षरता कार्यक्रमले महत्वपूर्ण भूमिका खल्ने कुरा व्यक्त गर्नुभयो ।

महिला उत्प्रेरकको रुपमा नेपालकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माको पनि उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेपाल महिला चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यले गर्नुभएको थियो भने कार्यक्रमको संचालन महिला चेम्बर वित्तीय समितीका सदस्य उपाषा पाठकले गर्नुभएको थियो । कार्यक्रममा झन्डै सय जना महिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया