२०८२ आश्विन १६ | Oct 02, 2025

राजस्व सङ्कलनमा नौ दशमलव ४० प्रतिशतले वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ३
|
204 views


ललितपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१/८२ मा रु तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ४० प्रतिशतले बढी हो ।

कार्यालयले आव २०८०/८१ मा रु तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१र८२ मा अघिल्लो आवको भन्दा रु ३० करोड २४ लाख ९१ हजारको बढी राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिउका छन् ।

कार्यालयले आव २०८१/८२ मा रु चार अर्ब आठ करोड ५३ लाख ६० हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । यद्यपि लक्ष्यको ८६ दशमलव ११ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि अघिल्लो आवको तुलनामा बढी राजस्व सङ्कलन हुनु सुखद् पक्ष रहेको प्रमुख कर अधिकृत काफ्लेको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ५९ करोड ८१ लाख, घरबहाल करबाट रु दुई करोड ८४ लाख, ब्याजबापत रु आठ करोड ७५ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब १५ करोड २७ लाख, अन्तःशुल्कबापत रु ६३ करोड ६६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

गत आव २०८१र८२ मा सबैभन्दा बढी ३९ दशमलव ९८ प्रतिशतले अन्तःशुल्कबापत उठ्न करमा वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले जानकारी दिएका छनु । यसैगरी आयकरमा चार दशमलव २६ र मूल्य अभिवृद्धि करमा तीन दशमलव ७७ प्रतिशले राजस्व सङ्कलन बढेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया