२०८२ भाद्र ७ | Aug 23, 2025

राजावादीको प्रदर्शन २ बजेपछि, काठमाडौंमा विशेष सुरक्षा सर्तकता

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १५

ललितपुर । राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएको राजावादी समूहले आज २ बजेपछि मात्र प्रदर्शन गर्ने भएको छ । यसअघि राजधानीका विभिन्न स्थानबाट र्याली निकाल्ने २ बजेपछि काठमाडौंको शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्न लागेको हो ।

राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले आजको प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ । आजदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको राजावादी समूहले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

दिउँसो साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट र्याली निकालिने र शान्तिबाटिकामा भेला भएर २ बजेदेखि शान्तिपूर्ण प्रदर्शन सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सहजीकरण गरिदिएसँगै आज दिउँसो २ बजेदेखि शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने तय भएको जनआन्दोलन समितिले जानकारी गराएको छ ।

२ बजेसम्म एमालेले कार्यक्रम गर्न थालेको शान्तिबाटिका क्षेत्र २ बजेपछि भने राजावादीलले प्रदर्शनको लागि पाएको छ ।

एमाले र राजावादीले एकैदिन प्रदर्शन गर्न लागेपछि काठमाडौंको सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाइएको छ । आन्दोलनमा कुनै पनि किसिमको हिंसा नभड्कियोस् भन्ने उद्देश्यका साथ सरकारले करिव ४५ सयको हाराहारीमा सुरक्षाकर्मी खटाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया