२०८२ जेष्ठ ७

ललितपुर । राजसंस्था पुनस्र्थापनाका लागि भनेर नवराज सुवेदीको संयोजकत्वमा राजावादीहरुले बनाएको संयुक्त जनआन्दोलन समितिले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनआन्दोलनमा सहकार्यका निम्ति पत्र पठाएको छ ।
रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई सम्बोधन गरि लेखिएको पत्रमा संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र र बहुदलीय प्रजातन्त्र पुनःप्राप्तिका लागि मिलेर अघि बढ्न प्रस्ताव गरिएको छ । समितिले जेठ १५ गतेदखि आन्दोलन सुरु गर्ने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया