२०८२ फाल्गुन ६ | Feb 18, 2026

राजा महेन्द्रले तारिफ गर्दा स्वर्गै पुगेजस्तो भयो पहिलो अभिनेत्री भुवन चन्दलाई

BusinessPati बिजनेस पाटी
|
२०७८ बैशाख ७
|
255 views

भुवन चन्द नेपालकी पहिलो अभिनेत्री हुन्। उनले वि.सं २०२१ सालमा निर्मित ‘आमा’ चलचित्रमा पहिलोपटक अभिनय गरेकी थिइन्। 

तर पहिलोपटक आफूले अभिनय गरेको चलचित्रको ‘प्रिमियर सो’ नै चन्दले हेर्न पाइनन्। एउटा कार्यक्रमका लागि चीन जानुपरेकाले ‘प्रिमियर’ मा सहभागी हुन नपाएको उनले सुनाइन्। 

फिल्मको ‘प्रिमियर’ भने तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए। फिल्म हेरेपछि राजाले आफ्नो अभिनयबारे तारिफ गर्नुभएको भन्दै भुवनले त्यो बेलाको घटना सुनाइन्, ‘राजाबाट धेरै नै मेरो तारिफ भएको थियो । हाम्रो भुवनले पनि भारतको कलाकारभन्दा कम त गरेको रैनछ नि भन्ने कुरा गर्नुभयो भन्ने सुनेपछि त स्वर्गमा पुगेजस्तो भयो।’

‘आमा’ चलचित्रपछि भने चन्दले ‘हिजो आज भोलि’ नामक चलचित्रमा अभिनय गरिन्। त्यसपछि भने उनको फिल्मको अभिनय यात्रामा ब्रेक लाग्यो।  अहिले उमेरले ६० काटेकी चन्द फेरि अभिनयमा फर्किएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया