२०८२ असार ४

ललितपुर । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन विरुद्ध महानगरपालिकाका निलम्बित नगरप्रहरी प्रमुख राजु पाण्डेको रिट निवेदनमा बहस सकिएको छ । उच्च अदालत पाटनमा बुधबार अपराह्न दुवै पक्षको बहस सकिएको हो ।
पाण्डेले गत जेठ २६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनको रिटमा न्यायाधीश प्रकाश खरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो ।
जेठ २० गते ६ महिनाका लागि निलम्बित भएका पाण्डेले निलम्बन विरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । पाण्डेले उत्प्रेषणको आदेशबाट प्रमुख कार्यकारी अधिकृत गुरागाईंबाट भएको निलम्बन बदर गरिदिन माग गरेका छन् । आदेश आजै आउने सम्भावना रहेको जनाईएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया