२०८२ भाद्र १८ | Sep 03, 2025

राजेन्द्र लिङ्देन लगायत राप्रपाका केही नेता सिंहदरबारबाट पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ७
|
51 views

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित अन्य केही नेतालाई सिंहदरबारबाट पक्राउ गरेको छ ।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही लगायत अन्य केही नेताहरुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नुअघि पार्टीको संसदीय दलको कार्यालयमा लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि उनीहरू सिंहदरबारबाहिर निस्कन खोजेपछि प्रहरीले पक्राउ गरेको हो।

आजको प्रदर्शनमा राप्रपाका अन्य नेताहरू भने प्रदर्शन गरिरहेका छन् । लिङ्देन, शाहीसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए । सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement