रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाइयो : प्रहरीसंग स्थानियले गरे लफडा (भिडियो )

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १८
|
204 views

ललितपुर - ललितपुर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाययादब, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरु जावलाखेल पुगेका थिए । भोटो हेर्र्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । भोटो देखाइने स्थलमा कडा सुरक्षा ब्यवस्था गरिएको थियो । भित्रि भागमा भोटो हेर्न जान खोजेका स्थानियलाई सुरक्षाको कारण देखाउदै प्रहरीले रोकेपछि स्थानियहरु प्रहरीसंग आक्रोशित हुदै लफडा गरि रहेका थिए ।

भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।

 

 पात्रो/राशिफल  रेडियो YouTube