
ललितपुर । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बहिस्कार गरेको छ । यसअघि बजेटमाथिको छलफल कार्यक्रम राप्रपाले बहिस्कार गर्दै आएको थियो ।
त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका थिए । रास्वपाको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
रास्वपाका सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुराको सुनुवाइ पनि नहुने भएकोले बैठक बहिस्कार गरिएको प्रतिक्रिया दिएका छन् । तर सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलसँग भएको सहमति अनुसार सदन अघि बढ्ने बताएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय मान्यतामा दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने टिप्पणी गरे । माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन हुने उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया