
काठमाडौँ । वर्तमान व्यवस्था विरुद्ध आन्दोलन गरिरहेका राप्रपा लगायतका अन्य राजावादी समूहबा कमल थापा लगायत अन्य व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । हिन्दू राष्ट्र कायम हुनुपर्ने भन्दै वर्तमान सरकार विरुद्ध चर्का नारा लगाउँदै राजधानीको तातो घाममा प्रदर्शन गरिरहेका केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेपछि राजावादी समूह झन आन्दोलन चर्काउने तयारीमा जुटेको छ ।
प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत अन्य व्यक्तिहरुलाई प्रहरी हात खुट्टामा समाएर झुन्ड्याउँदै पक्राउ गरेको छ ।
राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा पक्राउ गरेको हो । अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई तत्काल रिहा नगरे सोमबारदेखि आन्दोलन अझ सशक्त बनाउने घोषणा गरेका छन् ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुफद्ध प्रदर्शन गर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया