रामकुमारी झाँक्रीसहित एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २३
|
3.9k views

ललितपुर - ललितपुर। नेकपा एमालेले नेतृ रामकुमारी झाँक्रीसहित राष्ट्रिय सभा सदस्यका ६ उम्मेदवारको नाम टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।

एमालेले लुम्बिनी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा गरेर गरी ६ जनाको नाम फाइनल गरेको छ ।
यी मध्ये लुम्बिनी प्रदेशबाट एमालेले नेतृ रामकुमारी झाँक्रीसहित, कोशीमा रोशनी मेचे, बागमतीमा डा. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मिनासिंह रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै मधेश प्रदेशमा भने एमालेले अझै पनि नाम टुंगो लगाएको छैन ।

आगामी फागुन २१ गने हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आजै मनोनयन दर्ता हुने भए पनि दलहरुबीच भागबन्डाको सहमति हुन बाँकी नै छ ।

कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी, नेपालबीच सहमति गर्ने प्रयास भए पनि सफल भएको छैन । जसअनुसार एमाले–कांग्रेसलाई ७७, नेकपालाई ३ र जसपा नेपाललाई एक सिट दिने गरी सहमति प्रयास भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube