२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रलाई निकास दिन संसद पुर्नस्थापना गरियोस्

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १६
|
6.1k views

मेरो देशको राष्ट्रिय झण्डा
घाँटीमा बेरेर
मेरो देशका धरोहरहरू
सिंहदरबार
सर्वोच्च अदालत
राष्ट्रका अमूल्य नीधिहरू
मेरो देशको पहिचानको अमूल्यता
चन्द्र सूर्य अंकित झण्डा घाँटीमा बेरेर
मेरो अहम्ता माथि
ती मेरा पूर्वजका निशानीहरू जलाउँदै थियौ ।
देशप्रति घात माथि घात गरिरहेका थियौ ।
राष्ट्रिय झण्डाप्रति वेइमानी
राष्ट्रिय झण्डाको वहनामा
मेरो देशको पहिचान माथि
मृत्यु पस्किरहेका थियौ
तिमी आफूलाई कसरी दर्ज गर्छौ ?
गोर्खाली माथि
मेरो देशका स्वाभिमानका सम्पदाहरू
आगोका मुस्लो ओइराएर
खरानीको थुप्रोमा परिणत गराउँदै थियौ ।
आफूलाई कसरी नेपाली भन्न सक्छौ ?
तिम्रा जघन्य अपराधहरू
देशले सहनै सक्तैन ।
राष्ट्रप्रति तिम्रो यो बेइमानी
राष्ट्रप्रति यो घातका लागि
तिमी माथि मृत्युदण्डको माग गर्दछु ।

यो मुलुकको एकीकरणमा पृथ्वीनारायण शाहको अतुलनीय भूमिकालाई कसैले कुनै कोणबाट अवमूल्यन गर्छ भने ऊ देशप्रति वफादार छैन भन्ने बुझ्नलाई धेरै माथापच्ची गरिरहनु पर्दैन । पृथ्वीनारायण शाहलाई यो देशको इतिहास तथा उनले हाम्रा पुर्खाहरूसँगको साथ सहयोगमा निर्माण गरेको यो मुलुक हाम्रो पुर्खाहरूको विरासत हो । हामी पछि आउने सन्तानले पृथ्वीनारायण शाहप्रति उनको यो मुलुक निर्माणका लागि बगाएका पसिनाप्रति गौरव गरिनुपर्छ । देशको अहम् र अक्षुणतालाई एक ढिको बनाउनका लागि राष्ट्र पहिलो हुँदै जनतालाई शक्तिशाली बनाउनुपर्छ । देशप्रतिको उनीहरूको उत्तरदायित्व सोच, देशप्रति उनीहरूको जिम्मेवारी, सजगताको, एक्यवद्धताप्रति हामीले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । ती अहम् राष्ट्रियतालाई जीवन्त राख्न तथा त्यसको संरक्षणका लागि लागिपर्नु नै पर्छ ।

नेपाल भारत बीचको खुला सिमाना अनुगमन गरिनुपर्छ
छिमेकी भारत सरकारद्वारा जहिले पनि हाम्रो मुलुकलाई विभिन्न वहानामा घोचपेच तथा उसका घृणित व्यवहारहरूलाई सहदै आउनुपरेको छ । यो उसले गरेका व्यवहारहरू नियति जस्तै भएको छ ।

नेपालमा माओवादी जत्था जो भारत परस्त थियो त्यसको पालन पोषण भारतीय सरकारद्वारा गरिएको थियो । उसलाई शरण दिइएको कारण, उसको हाम्रो देशप्रतिका हर्कतका कारण आम जनताका त्रासका वातावरणले देश अक्रान्त थियो । भारतद्वारा माओवादीलाई खानपान र शरण दिएका कारण हाम्रो भूमिमाथि ¥याल चुहाउँदै पश्चिमी भेगमा तथा लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको वर्चश्वको लागि उसले कुनै कसर छोडेको छैन । यसको अहम् कारण हाम्रा दाजुभाइलाई माओवादीको कलेवरमा हाम्रो देशका सिमानाहरू तथा देशका अहम् भूभागमा उसका चरम नियन्त्रणका व्यवहारहरू यसबेला प्रस्ट भएका छन् ।

हाम्रा मुलुकका सिमानाहरू माथि भारतीय सरकारद्वारा माओवादीको पालन पोषण गरिएको बदलामा हाम्रा वैभवशाली भूमिहरूप्रति उसका लुटलाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कब्जा जमाइएको कुरा यसबेला सतहमा देखिएको छ । हाम्रो मुलुकको सिमानाहरू माथि दादागिरी, सिमाना मिच्ने आदि दुष्कर्मको, उसका घृणित आकाङ्क्षाको परिपूर्ति देशले बेहोर्दै आएको छ ।

माओवादी भेषमा नेपाली भए तापनि मुलकप्रति घात गर्दै, भारतीय सरकारको प्रिय पात्रको रूपमा प्रचण्ड अर्थात् भारतीय सरकारको दानापानीमा हुर्काइएको माओवादीको कलेवरमा प्रचण्ड अर्थात् नेपालको विरुद्ध प्रयोग गरिएको एउटा धुन्धुकारी थियो । मुलुक भित्र हाम्रा ऐतिहासिक धरोहरको आगलागी तथा हाम्रो मुलुकको संरचनालाई ध्वस्त बनाउँदै, नेपाललाई नै अस्थिरता बनाउन प्रचण्डका घृणित देशद्रोही कार्यलाई नकार्न सकिन्न । नेकपा माओवादीको कलेवरमा भारतद्वारा हाम्रो मुलुकलाई विध्वंस बनाउने, हाम्रो मुलुकको अस्तित्व माथि नै मटियामेटको लागि भारतीय सरकारद्वारा निर्मित प्रचण्डको कलेवारमा तानावुनाबाट बनाइएको नेपाली अनुहारको कुरूपता देशद्रोहीको रूप नै ‘प्रचण्ड’ हो भनिन, भनाउनका लागि भन्न सकिन्छ । देशभक्त नेपालीहरू नेपालीको अनुहारमा ‘नेपाल विरोधी’ देशद्रोहीहरूलाई देशले चिन्नुपर्छ । देशवासीहरूले पनि विगतमा गरेका देशद्रोही कार्यको फेहरिस्त बनाउँदै आउने दिनहरूमा देशद्रोही जत्थासँग जुझ्न मानसिक रूपमा देशभक्तहरू तयार हुनुपर्छ ।

भारत सरकारले नेपाललाई झन्–झन् कमजोर बनाउँदै देश नै बाँचन नसक्ने स्थितिको भर्खरै मुलुकले बेहोरिरहेको देशको स्थिति आकलन गर्न सकिन्छ । जो जहाँ छौ देशप्रति हामी आफ्नो निर्वाह गर्ने जिम्मेवारीबाट आफूलाई स्र्फूत बनाउँदै, देशलाई यो पीडाबाट उठाउ र आफ्नो कर्तव्यप्रति सचेत होऔँ ।

भारतीय सञ्चारहरूको घृणित हर्कत
भारतीय सरकारद्वारा पालिएका, पोषित गरिएका मिडियालाई भारतीय जनताद्वारा लोकप्रिय भाषामा दिइएको ‘मोदी मिडिया’ संज्ञा दिइएको छ ।

मोदी मिडियाले मेरो देशप्रति हेप्न तथा नेपाल राष्ट्रलाई मृत्युको मुखको बलेसीमा उभिएको आसय तथा नेपाललाई भारतको राज्यको रूपमा प्रचार–प्रसारलाई युद्धस्तरको प्रारूपमा देशको मनोवल माथि घात–प्रतिघातका घृणित हरकतहरू मच्चाइरहेका छन् । भारतीय सञ्चारका यी घृणित स्टन्टबाजीप्रति नेपाली सञ्चारहरूले पनि यसको जवाफ दिनुपर्छ । हामीले आफूलाई एउटा स्वतन्त्र राष्ट्रको पहिचानलाई मुहतोड जवाफ दिनुपर्ने बेला आएको छ । जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।

राष्ट्रलाई निकास दिन संसद पुर्नस्थापना गर
तत्कालीन प्रधानमन्त्री के.पी. ओली राष्ट्रियता सम्बद्र्धन तथा मुलुकको शिर उठाउनका लागि चिनियाँ सरकारको निम्तोमा चीन पुगेको र चीनका राष्ट्रपति सी.जि.पिङ सँगको सौहार्दता मितेरीपूर्ण रह्यो । चिनियाँ सरकारको तर्फबाट नेपालका प्रधानमन्त्री के.पी. ओलीलाई हार्दिकतापूर्ण उच्च सन्मान पस्किाएको दृश्यबाट पनि देखिन्छ । नेपाल चीनको साँचो मित्र हो । व्यवहारबाट स्पष्ट देखिएको छ । त्यताबाट पनि नेपाल र भारत बीचका आन्तरिक समस्याहरू दुई देश बीचका सम्बन्धहरू आफैँद्वारा पहलका लागि सुझाएका छन् ।

विभिन्न राष्ट्रका राष्ट्र प्रमुख सामुन्ने नै भारतीय सरकारद्वारा हाम्रा प्रिय भूमिहरू लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सरकारद्वारा हस्तक्षेप थिचोमिचो भएको छ । यी कुराहरू स्पष्ट प्रधानमन्त्री ओलीले सम्बोधनका व्रmममा भनेका थिए । प्रधानमन्त्री ओलीद्वारा भारतीय सरकार मोदीका हर्कतलाई उजागर गरेका थिए । स्वतन्त्र राष्ट्र नेपालप्रतिका हस्तक्षेपलाई खुल्लम खुल्ला विरोध गरेका थिए । भारतीय सरकारलाई उसले गरेका नेपालप्रति र सिमानाप्रतिको बलमिचाइ हाम्रो अखण्ड भूमिप्रति अतिव्रmमण आदि बारे स्पष्ट शब्दमा भनेका थिए ।

चीनको राजधानी बेजिङमा नेपालका प्रधानमन्त्री ओलीद्वारा भारतीय सरकारद्वारा हाम्रा भूमि हस्तक्षेप प्रति कडा रूपमा विरोध गरेका थिए । हाम्रो देश र भारत सरकार बीच खुल्ला सिमानाको भारत सरकारले फाइदा उठाउँदै आएको छ । नेपालका प्रधानमन्त्री के.पी. ओलीको चीनको भ्रमणताका भारतले नेपालका भूमिहरू लुटेको, ठूलो देशले सानो देशलाई हेपेको आदि दृश्यहरू उजागर गरेका थिए ।

भारले नेपालप्रति गरेको करतुतको जवाफलाई के.पी. ओलीले स्पष्ट रुपमा चीनबाट आफूले भण्डाफोर गरेका थिए । खुल्ला सिमानाका कारण, काठमाडौँका मेयर बालेनका देशद्रोही हर्कतका कारण तिब्बती शरणार्थीको रूपमा बसेका ५०० जतिलाई नेपाली नागरिकता वितरण गरिएको खुल्न आएको छ । जेनजी युवाहरूको हत्या, देशका अमूल्य निधिहरू जलाउनुमा कस–कसको संलग्नता पुष्टि हुँदै छ । ढिलो चाँडो देशलाई घात गर्नेहरू कानूनी कठघरमा आउने नै छन् ।

तत्कालीन प्रधानमन्त्री के.पी. ओलीले आफ्नो चीन यात्रा र देश हीतका लागि गरिएका कार्यको विवरण पेश एवम् आफ्नो सार्वभौम सम्पन्न लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सरकारको वर्चस्वता बारे अहम् सवाल संसदलाई जनाउ दिन समेत समय नदिएर उनको सत्ताच्यूत गरिएको थियो ।

कानूनी प्रव्रिmयालाई नाघेर वर्तमान प्रधानमन्त्री सुशीला कार्की विगतमा प्रधानन्यायाधीशसम्म बनिसकेको व्यक्ति, शासकीय पदमा वहालीलाई निषेध गरिएको संविधानमै लेखिएको छ । संसदीय मानमर्यादालाई उलघंन गरेर वर्तमान प्रधानमन्त्री सुशीला कार्कीका सबै किसिमका छलछाम तथा भारतीय सरकारका तिकडमबाजी स्पष्ट रूपमा छताछुल्ल भएका छन् ।

४४३३, स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी

फेसबुकबाट तपाईको प्रतिक्रिया