२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रियसभाको बैठक स्थगन   

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १२
|
969 views

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । सांसद दिपक शोहोराको निधनका विषयमा शोक प्रस्ताव परित गरी बैठक स्थगन गरिएको हो । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद दीपक बोहोराको निधन सम्बन्धमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेसँगै सभा स्थगन गरिएको हो । यसअघि स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

सांसद स्व. बोहोरा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता समेत थिए। उनी रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको संसद्मा निर्वाचित भएका थिए । अध्यक्ष दाहालले भने, “विसं २००७ चैत १८ गते जन्मिएका प्रतिनिधिसभा सांसद बोहोराको ७४ वर्षको उमेरमा गत चैत १९ गते निधन भएकामा राष्ट्रियसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।”

अबको राष्ट्रियसभाको अर्को बैठक वैशाख १४ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया