राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारी र प्रधानसेनापति भेटवार्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३१
|
1.2k views

ललितपुर - ललितपुर । जेनजी प्रदर्शन पछिको मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीले मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेको छ ।


आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको छ ।

साथै, आयोगले जेनजी प्रतिनिधिहरू, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरू तथा बालबालिकाहरूसँग निरन्तर भेटघाट गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube