राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ३२ करोड

काठमाडौं,१ भदौ ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा करिब ५६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ३२ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ७७ करोड रुपैयाँ मात्रै कमाएको बैंकको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

बैंकको संचित कोषमा ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । बैंकले गत वर्ष सम्मा १ अर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब २० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उल्लेख छ । चुक्ता पूँजी ९ अर्ब रहेको यस बैंकले गत वर्ष व्याज आम्दानीबाट मात्रै १२ अर्ब २० करोड रुपैयाँ कमाएको प्रतिवेदनमा उल्लेख छ । व्याज वापतको खर्च भने जम्मा २ अर्ब रुपैयाँ मात्रै भएको बैंकले जनाएको छ । संचालन मुनाफा ४ अर्ब ८० करोड रुपैयाँ रहेको बैंकको निष्कृय कर्जा अनुपात ४.२५ प्रतिशत र सीडी रेसियो ६६.८४ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया