राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेश प्रसाद लोहनी

काठमाडौं १३ असार, २०८१-राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको असार०९ को निर्णय अनुसार उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।

२०५१ सालमा कम्युटर प्रोग्रामर(तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया