२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रिय वाणिज्य बैंकको एकैपटक देशको ६ स्थानमा शाखा विस्तार

BusinessPati बिजनेस पाटी
|
२०८१ असार ३१
|
765 views

काठमाण्डौ ३१ असार २०८१  -राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न ६ स्थानमा आईतबार एकैपटक शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सुनसरी जिल्लाको हरिनगरा नगरपालिका वडा नः २, भुटाहा स्थित शाखा कार्यालय भुटाहा, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः २, लाजिम्पाट स्थित शाखा कार्यालय लाजिम्पाट, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नः ४, सुकेधारा स्थित शाखा कार्यालय सुकेधारा, कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नः १, हरिचोक स्थित शाखा कार्यालय हरिचोक, रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः ५, मणिग्राम स्थित शाखा कार्यालय मणिग्राम, बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका वडा नः ६, मैनापोखर स्थित शाखा कार्यालय मैनापोखर शाखा कार्यालयहरु विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको छ ।

यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २९४ पुगेको छ । साथै बैंकले आईतबार नै स्याङ्जाको चापाकोट नगरपालिका वडा न. १० स्थित इसान बहुप्राविधिक शिक्षालयमा ७३ औं एक्स्टेन्सन काउन्टर समेत सञ्चालनमा ल्याएको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया