राष्ट्रिय वाणिज्य बैंकद्वारा देशको १० स्थानमा शाखा विस्तार

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २७
|
459 views

ललितपुर - ललितपुर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरेको छ ।

बैंकले धनुषाको नगराईन, स्याङ्जाको बयरघारी, कञ्चनपुरको झलारी, कैलालीको टिकापुर र सुख्खड, काठमाडौंको कपन, रुपन्देहीको सैनामैना, दाङको देउखुरी, गोरखाको पालुङटार र सर्लाहीको हरिवनमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

      सोसँगै बैंकको देशभर रहेका शाखा कार्यालयहरूको संख्या ३०७ पुगेको छ । हाल बैंकको सात प्रदेशका ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम बुथ र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।

       

       पात्रो/राशिफल  रेडियो YouTube