२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २
|
1.2k views

ललितपुर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका छन्।

सम्झौतापत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरुका लागी तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा तथा अन्य बैंकिङ सेवासुविधा उपलब्ध गराउनेछ ।

बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाम सहित दुर्गम क्षेत्रमा समेत गरी ३१२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ मार्फत आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया