२०८२ आश्विन १६ | Oct 02, 2025

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नव नियुक्त अध्यक्ष ढकालद्धारा पदभार ग्रहण

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २
|
153 views

ललितपुर । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उहाँले पदभार ग्रहण गरेका हुन् ।

ढकालसंग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन् ।

नवनियुक्त ढकाललाई बैँक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा।डा। रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा। सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैँकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया