२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले भैरब , चन्द्रकला र रेशमलाई बिशिष्ट साधक सम्मान–२०८२ बाट सम्मान गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
1.8k views

ललितपुर । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले नेपाली कला, संस्कृति र संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएका तिन जना बिशिष्ट श्रष्टा सर्जकहरुलाई “बिशिष्ट साधक सम्मान–२०८२” बाट सम्मान गर्ने निर्णय गरेको छ।


बैठकले यस बर्ष बरिष्ठ नृत्य निर्देशक तथा प्रशिक्षक भैरब बहादुर थापा , बरिष्ठ लोक गायिका तथा संकलक चन्द्रकला शाह, बरिष्ठ लोक गायक तथा लोक संकलक रेशम थापालाई बिशिष्ट साधक सम्मान–२०८२ बाट सम्मान गर्ने निर्णय गरेको अध्यक्ष नारायण थापाले जानकारी दिएका छन् ।

यो सम्मान आगामी मंसिर ६ गते, शनिवार सम्बन्धित श्रष्टाहरूको निवासमै पुगेर गरिने छ । श्रष्टाहरुलाई दोसल्ला, सम्मानपत्र र नगद रु ५५५५ सहित गरिने पनि थापाले बताए । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले नेपाली कला, संस्कृति र मौलिक लोक परम्पराको संरक्षण र प्रवर्द्धनमा जीवन समर्पण गर्ने साधकहरूलाई निरन्तर सम्मान गर्दै आइरहेको छ।

यस अघि प्रतिष्ठानले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल, वरिष्ठ गायक तथा सङ्गीतकार माणिकरत्न स्थापित, र वरिष्ठ साउन्ड इन्जिनियर प्रदीप कुमार उपाध्याय , पहिलो मौरी बाजाबादक खड्ग गर्बुजा, चित्रकार शशीविक्रम शाह र पहिलो रंगीन चलचित्र ‘कुमारी’की नायिका अभिनेत्री चैत्यदेवी सिंहलाई निवासमै पुगेर सम्मान गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया