२०८२ भाद्र ६ | Aug 22, 2025

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण १४

काठमाडौं १४ साउन २०८१।

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् ।

बैंकको कार्यकारी निर्देशकसमेत रहेका पौडेललाई साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्ता तोकिएको हो । अर्थशास्त्रमा एमफील तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल केन्द्रीय बैंकको सुपरीवेक्षण विभागको कार्यकारी निर्देशक छन् । यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया