२०८२ आश्विन १६ | Oct 02, 2025

राष्ट्र बैंकले अझै पाएन गर्भनर, गर्भनरको दौडमा सरकारले आधा दर्जनलाई सहिद बनायो : दिपेन्द्रबहादुर क्षेत्री

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ६
|
102 views

ललितपुर । लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गर्भनर पदमा नयाँ गर्भनर नियुक्तिको विषयलाई लिएर अहिले चर्चा चुलिएको छ । राष्ट्र बैंक यति लामो समय गर्भनर विहिन भएको यो पहिलोपटक हो ।

कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारले गर्भनरका लागि प्रतिस्पर्धा गर्न नपाउने प्रावधान रहेको छ । नेपाल राष्ट्र बैंक एनको दफा २१ को उपदफा (क)ले राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको व्यक्ति गर्भनरका लागि अयोग्य भन्ने व्यवस्था गरेको छ ।
तर, राजनीतिक दलको सदस्यता त्याग गरेको वा पदबाट राजीनामा दिएको भोलिपल्टै गर्भनका लागि योग्य ठहरिन भने कानुनले रोकेको छैन । तसर्थ गर्भनर बन्ने दौडमा दल निकटका आधा दर्जन व्यक्तिहरुले यतिबेला पद र दलबाट राजीनामा दिने क्रम बढिरहेको छ ।
देशको गर्भनरजस्तो पदमा योग्य व्यक्तिको नियुक्ति भन्दा पनि राजनीतिक भागवण्डा गरिनु र राजनीतिक दलहरुले यसको फाइदा उठाउन खोज्नुले कतै राष्ट्र बैंक दलका कार्यकर्ताको भर्तीकेन्द्र हुने त होइन ? भन्ने जस्ता प्रश्न अहिले जनमानशमा उब्जिन थालेको छ ।
यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले गर्भनर बन्ने दौडमो आधा दर्जनले दल तथा पदबाट राजीनामा दिइसकेको तर पनि राष्ट्रबैंकले निकास नपाएकोमा चिन्ता व्यक्ति गरेका छन् ।

उनले भने, “गर्भनरको दौडमा सरकारले आधा दर्जनलाई सहिद बनायो, अझै कतिले सहित बन्नुपर्ने हो ? यो चिन्ताको विषय बनेको छ ।”
यतिबेला देश टाट पल्टनै लागेको हो त ? भन्ने प्रश्नमा उनले विदेशी मुद्राका संचिति निकै भएकोले टाटै पल्टने स्थिति त नआउला तर डे टुडे सञ्चालनका लागि चाहि सरकारले राजश्व उठाउन नसकेकोले यसै भन्न सक्ने अवस्था भने रहेको छैन उनले बिजनेश पार्टीसँग भने ।
सरकारले चौध खर्ब राजश्व संकलनको योजना बनाएको भए पनि चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा ९ खर्बमात्र राजस्व उठ्नुले यो अवस्था सिर्जना भएको बताए । “राजस्वले कर्मचारीको तलव धान्न नसक्ने अवस्था आएपछि ऋण गरेर कर्मचारीलाई तलव दिनुपर्ने देखिएकोले मुलुकको अर्थतन्त्र लयमा छ भन्न भने सकिने अवस्था छैन ।
(भिडियो)

फेसबुकबाट तपाईको प्रतिक्रिया