२०८२ आश्विन १६ | Oct 02, 2025

राष्ट्र बैंकले गर्यो एकैपटक १०७ कर्मचारीको सरुवा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १९
|
1.2k views

ललितपुर । नेपाल राष्ट्र बैंकले एकैपटक १०७ कर्मचारीको सरुवा गरेको छ । राष्ट्र बैंकले यसरी एकैपटक यति ठूलो संख्यामा कर्मचारी सरुवा गरेको यो पहिलो पटक हो । यसपटक सरुवा हुनेमा सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारी रहेका छन् । विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारीहरुलाई यसरी सरुवा गरिएको हो ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै कर्मचारीहरुलाई सरुवा गरिएको निर्णय सार्वजनिक गरेको छ । उक्त सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ ।

यसैगरी पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ भने ३८ उपनिर्देशकको एकै पटक सरुवा भएको छ । सरुवा हुनेमा ६६ सहायक निर्देशक पनि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया